logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्रीलाई काेराेना भाइरसकाे जाेखिम सतर्कता अपनाइदै


  • पत्रपत्रिका
  • बुधबार, माघ १५ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सु रक्षा बढाइएको छ।

निमोनिया गराउने नोवल कोरोना भा इरसको प्रकोप विश्वव्यापी फैलिन थालेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा थप सतर्कता अपनाइएको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि पनि मौसमी रुघाखोकीका बेला ओलीको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउने गरिएको थियो। ‘नयाँ भा इरसको विस्तार हेरेर अहिले हाम्रा प्रधानमन्त्री मात्र नभई भारत, अमेरिका, चीनलगायत राष्ट्र र सरकार प्रमुखको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सले भने, ‘हाम्रा प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले थप स्वास्थ्य सुरक्षा चाहिन्छ।’

१३ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री ओलीलाई रुघाखोकीलगायत विभन्नि खाले मौसमी संक्रमणबाट बचाउन चिकित्सकले सतर्कता अपनाउने गरेका छन्।

मिर्गाैलामा पुनः समस्या देखिएपछि प्रधानमन्त्री ओली करिब ७ महिनादेखि उपचारमा छन्।

प्रधानमन्त्री सम्भावित संक्रमणबाट जोगाउन रुघाखोकी र ज्वरो आएका व्यक्तिलाई बालुवाटार निवास वा निकट सम्पर्कमा बस्न दिइँदैन।

‘रुघाखोकीलगायत लक्षण भएका सुरक्षाकर्मी त के कोही पनि प्रधानमन्त्री ओली नजिक बस्न पाउँदैनन्,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन्, ‘त्यस्तो बेला म पनि प्रधानमन्त्रीको नजिक जान्नँ।’ यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार