logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

१८ औं आहा रारा गोल्डकप : अध्यक्ष थापाको संयोजकत्वमा १५ उपसमिति गठन


  • आश तमु
  • बिहिबार, माघ १६ २०७६

पोखरा – १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता तयारीको लागि सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा  मूल आयोजक समिति गठन गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ देखि चैत १ सम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको लागी ५०१ सदस्यीय आयोजक समिति गठन गरिएको हो ।

क्लबको कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले मूल आयोजक समितिसहित सल्लाहकार समिति र विभिन्न १५ वटा उपसमिति गठन गरेको हो ।

उपसमिति अन्तर्गत क्लबका वरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ (सुरज) लाई प्रतियोगिता संयोजक, सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी ,अर्थ संकलन उपसमिति संयोजकमा सुनील गुरुङ, प्रचारप्रसारमा पत्रकार नारायण कार्की, स्वयंसेवक परिचालनमा प्रकाश शेरचन, शान्तिसुरक्षा व्यवस्थापन उपसमितिमा खेमबहादुर गुरुङ, ग्राउण्ड व्यवस्थापन उपसमितिमा तेजबहादुर गुरुङ, आवास व्यवस्थापनमा मुक्षेत्र गुरुङ, सहभागी टिम सम्पर्क उपसमितिमा पूर्व अध्यक्ष विक्रम थकाली संयोजक चयन भएको जानकारी क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै, अतिथि सत्कार उपसमितिमा गणेशबहादुर भट्टराई, आयोजक टिम तयारी उपसमितिमा निवर्तमान अध्यक्ष वीरभद्र आचार्य, मञ्च व्यवस्थापन उपसमितिमा शम्भु कार्की, प्राथमिक उपचारमा  डा. रवीन्द्रप्रसाद श्रेष्ठ, प्राविधिक तथा अनुशासन उपसमितिमा क्लबका  महेश गुरुङ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र व्यवस्थापनमा क्लबका संस्थापक सचिव पूर्णबहादुर गुरुङ, लियाजन उपसमितिमा सहारा युकेका महासचिव धनु थकाली र यातायात व्यवस्थापनमा क्लबका योगेन्द्रबहादुर केसी संयोजक चयन भएका हुन् ।

आवश्यकता अनुसार विभिन्न उपसमिति समेत गठन गरिनेछ । हरेक उपसमितिमा कम्तिमा ५ सदस्य रहनेछन् । प्रतियोगिता यसपालि पनि सभ्य र भव्य बनाउन सम्पूर्णलाई आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि क्लबले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार