पोखरा – नेकपा अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच लगातार सम्पर्क हुने गरेको बताएका छन ।
जनयु’द्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्र’द्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौ’जी आ’क्र’मण बढाइदिन आग्रह गर्ने गरेको पनि खुलासा गरे ।
‘ठूल्ठूला फौ’जी आ’क्र’मण गरिदिनुप-यो भन्नुहुन्थ्यो,’ उनले भने, ‘यसले नै रा’जतन्त्र अ’न्त्य गर्ने वातावरण बन्यो ।’
अर्को नेतृत्व र अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि उनले प्रष्ट पारे । विचार र नेतृत्वप्रति आन्दोलनमा विश्वास हुँदैन थियो भने आजको परिवर्तन सम्भव नहुने उनको भनाइ थियो ।