logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अछाम सेक्रेटरी मल्ल सहित तिन जना गिरफ्तार


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको व नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरीसहित तीन जना गिरफ्तार भएकाछन । उनीहरु जिल्लाको धमालीबाट पक्राउ परेका जनाइएको छ ।

धमालीको स्थानीय एक विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले समातेको हो ।

विद्यार्थी राजनीतिक पृष्ठभुमी बाट आएका बझाङ घर भएका मल्ल केहि समयदेखि अछाममा सेक्रेटरीका रुपमा खटिएका थिए । उनीसँगै प’क्राउ पर्नेमा जिल्ला कमिटी सदस्य तथा तुर्माखाँद गाउँपालिका इन्चार्ज तिलक विष्ट र पार्टीका सदस्य प्रेमबहादुर बुढा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार