logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एकीकृत जनक्रा’न्तिको कार्यदिशा


  • धर्मेन्द्र बास्तोला
  • मंगलबार, फाल्गुन २७ २०७६

पार्टीबाट पलायन हुने कतिपय नेता र कार्यकर्ताहरूमा एकीकृत जनक्रा’न्तिको कार्यदिशाका बारेमा अहिले पनि केही प्रश्नहरू रहेको आभास पाइन्छ । यसप्रकारका प्रश्नहरू पार्टीभन्दा बाहिर पनि उठ्ने गरेका छन् । पार्टीभन्दा बाहिरका क्रा’न्तिकारीहरूले उठाएका सवालले पार्टीभित्रका क’मरेडहरूमा प्रत्यक्ष वा परोक्ष रूपले प्रभाव पारिरहेको हुन्छ ।

पार्टीभन्दा बाहिरका तमाम बुद्धिजीवीहरू र राजनीतिककर्मीहरूले नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने माग गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा रणनीति र कार्यनीतिको क्रमबद्ध शृङ्खलाको माग उनीहरूको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनका दस्ताबेजहरूमा एकी’कृत जनक्रा’न्तिको कार्यदिशा प्रस्ट गरिएको छ । पार्टीका प्रकाशन र लेखहरूमा पनि त्यसबारे धेरै छलफल गरिएको छ । फेरि पनि नेपालका क्रा’न्तिकारीहरूले प्रश्नहरू उठाइरहेका छन्– एकी’कृत जनक्रा’न्तिको शृङ्खला स्पष्ट पारिदिनुपर्यो । यसरी क्रा’न्तिको चिन्ताका साथ प्रश्न उठाउनेहरूमा वामपन्थी क्रा’न्तिकारी छन् जसले नेपालमा क्रा’न्ति होस् भन्ने शुभेच्छा राख्छन् तर क्रा’न्ति कसरी गर्ने भन्ने कुराको आधारभूत प्रश्नमा आउन सक्दैनन् र उनीहरू अन्ततः दलाल पुँजीवादको सि’कार बन्न विवश हुने गरेका छन् । यसरी प्रश्न उठाउनेहरू डा. ऋषिराज बराल, आहुति, घनश्याम भुसाल, श्याम श्रेष्ठ, किरणलगायत क्रा’न्तिकारीहरू छन् जसले बारम्बार र गम्भीरताका साथ विषयलाई उठाइरहेका छन् ।

डा. ऋषिराज बराल, किरण र अन्य तमाम ‘राजनीतिककर्मी’ हरूले एकीकृत जनक्रा’न्तिको कार्यदिशालाई रह’स्यवादी, कार्यनीति नमिलेको र पार्टीको उद्देस्य स्पष्ट नभएको गुनासो गर्दै आएका छन् र आहुतिजस्ता ‘राजनीतिककर्मी’ हरूले भने रणनीति र कार्यनीति नबुझिएको बताउने गरेका छन् । हाम्रा मित्रहरूको कार्यदिशाका बारेमा जेसुकै प्रश्नहरू भए पनि, उनीहरूले उठाउने प्रश्नहरू जनमानसमा उठ्ने प्रश्नको प्रतिबिम्बका रूपमा लिनुपर्छ र क्रा’न्तिको चिन्ता गर्ने जोकोही कम्युनिस्टहरूले आलोचकहरूका विचारहरूलाई वैचारिक प्रस्टता ल्याउनका लागि उचित अवसरका रूपमा एकताबद्ध गर्नुपर्छ ।

यही क्रममा प्रज्वल स्मारिका अङ्क १ वर्ष १ मा प्रकाशित आहुतिको ‘विप्लवी नेकपासँग बहिरङ्ग संवाद’ भन्ने लेखमा हाम्रो पार्टीको कार्यदिशाको प्रस्टताको माग गर्दै भनिएको छ, ‘एकीकृत जनक्रा’न्तिको कार्यदिशा हो भने आजदेखि क्रा’न्ति पूरा हुँदासम्मको कार्यनीति र रणनीतिको क्रमबद्ध शृङ्खला के हो त ? महाधिवेशनकै दस्तबेज मौन छ वा राजनीतिककर्मीले समेत बुझ्ने गरी बताइएको छैन । आजको विश्वमा मध्यम ह’ति’यार जोड्न सकिने सम्भावना र सङ्गठनले मात्र पनि कम्यु’निस्ट क्रा’न्तिको मूल समस्या हल गर्न सक्दैन ।’ त्यस्तै गरी त्यही लेखमा भनिएको छ, ‘ विगत एक शताब्दीलाई मूल्याङ्कन गर्दा सन् १९१७ को अक्टोबार क्रा’न्तिदेखि १९४९ को क्युबाली क्रा’न्तिसम्म संसार कम्युनिस्ट क्रा’न्तिमय छ तर त्यसपछिको साठी वर्ष प्रतिक्रा’न्तिमय रह्यो किन ? मर’णासन्न भनेको पुँजीवाद कुन अमृतले बलवान् भयो ? न लेनिनले देखेको करोडाैँ मजदुर थुप्रिने औद्योगिक केन्द्र छन्, न त पुँजीवादी विश्वयु’द्ध छ, न नै माओले भनेको दूरदराजको आधार क्षेत्र बनाउने देहात । तब अब कसरी त ? आजको नयाँ युगको क्रा’न्तिमा नयाँ प्रश्नहरूको उत्तर नदिई सुख छैन ।’

त्यो लेखमा यो पनि भनिएको छ, ‘पुँजीवादविरोधी कम्युनिस्ट क्रा’न्तिकारीहरूका अगाडि न त टुपाक अमारुजस्तो ब’लि’दानी रोमान्समा सि’द्धिने छूट छ, न त अमेरिकी बबएभाकियनजस्तै बुढेसकालसम्म केबल सिद्धान्तको रट लगाएर बाँ’च्ने नै छूट छ ।’

सामान्यतया यी प्रश्नहरू जनमानसमा पनि हुन सक्छन् तर मुख्य कुरा यसप्रकारको बहसले हाम्रो पार्टीका नेता र कार्यकर्तामा केही न केही प्रभाव पारेकै छ । यसकारण यस विषयमा छलफल गर्नु उपर्युक्त हुनेछ ।

यसमा पहिलो प्रश्न लिऊँ, ‘एकी’कृत जनक्रा’न्तिको कार्यदिशा हो भने आजदेखि क्रा’न्ति पूरा हुँदासम्मको कार्यनीति र रणनीतिको क्रमबद्ध शृङ्खला के हो त ?’ यो प्रश्न सामान्यतया सबै कम्युनिस्टहरूले उठाउने गरेको साझा सवाल हो । यो प्रश्न बारम्बार किन उठिरहेको छ भने नेपाली कम्युनिस्ट आन्दोलनमा मूल रूपमा दुईवटा रणनीति र कार्यनीतिक शृङ्खलामा बढी छलफल र बहस हुने गरेका छन् : त्यसमा एउटा रुसी अक्टोबर क्रा’न्ति पूरा गर्नका लगि लेनिनले अपनाएको स’शस्त्र वि’द्रोहको रणनीति र अर्को माओ त्सेतुङले नयाँ जनवादी क्रा’न्ति पूरा गर्न प्रतिपादन, विकास र प्रयोग गरेको दीर्घकालीन जनयु’द्धको रणनीति छन् । ती रणनीतिहरू पूरा गर्न अपनाइने कार्यनीतिहरू पनि दुवै प्रकारका छन् ।

रुसमा लेनिनले रणनीतिका रूपमा समाजवादी क्रा’न्तिको कार्यदिशा बनाउनुभयो । समाजवादका तीन सङ्घटक अङ्गहरू : समाजवादी राजनीतिक अर्थशास्त्र, द्व’न्द्वात्मक भौतिकवादी दर्शन र वैज्ञानिक समाजवादी समाजको व्याख्या र विश्लेषण गर्नुभयो । यसबाट लेनिनले माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादको उचाइमा विकास गर्नुभयो । त्यस्तै यो रणनीति पूरा गर्ने कार्यनीतिका रूपमा तत्कालीन सत्ताको सम्पूर्ण रूपले सैद्धान्तिक, राजनीतिक, वैचारिक भ’न्डाफोर गर्नुभयो र पुरानो सत्तालाई सम्पूर्ण रूपले न’ङ्ग्याउनुभयो । रुसमा पुरानो सत्ता यतिसम्म ना’ङ्गिने अवस्था भयो– जारशाहीका सयौँको सङ्ख्यामा सेनापतिहरूले र हजारौँको सङ्ख्यामा सेनाका जवानहरूले बोल्सेभिक क्रा’न्तिको समर्थन गर्ने अवस्था पैदा भयो । लेनिनले कार्यनीतिका रूपमा आवश्यक पर्दा दुमामा भाग लिने र दुमाबाटै जारको भ’न्डाफोर गर्ने नीति पनि बनाउनुभयो ।

त्यस्तैगरी चीनमा सम्पन्न गरिएको नयाँ जनवादी क्रा’न्ति र समाजवादी क्रा’न्तिमा रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्या’क्रमण भनेर माओ त्सेतुङले दीर्घकालीन जनयु’द्धको रणनीति प्रतिपादन र प्रयोग गर्नुभयो । यो रणनीति पूरा गर्नका लागि माओले कार्यनीतिक रूपले क्रा’न्तिका तीन जादुगरी हति’यार भनेर प्रस्तुत गर्नुभयो । त्यसमा पार्टी, सेना, संयुक्त मोर्चा भन्ने नीति बनाइयो । क्रा’न्तिकारी विचार, सिद्धान्त र राजनीति भएको सर्वहारा वर्गको क्रा’न्तिकारी पार्टी, त्यो पार्टीको नेतृत्वमा क्रा’न्तिकारी लालसेना र जापानी साम्राज्यवादवि’रुद्ध देशभक्त जनवादी शक्तिहरूसँगको संयुक्त मोर्चाको नीति बनाइयो । कार्यनीतिक प्रश्नकै रूपमा माओले भन्नुभयो– चीनजस्तो आर्थिक रूपमा पिछडिएको, आधुनिक प्रकारको उत्पादक शक्तिको विकास नभएको र अर्धसामन्ती– अर्धऔपनिवेशिक देशमा नयाँ जनवादी क्रा’न्ति सम्पन्न गरेपछि मात्र समाजवादी क्रा’न्ति पूरा गर्न सकिन्छ । वास्तवमा चिनियाँ समाजवाद नयाँ जनवादी व्यवस्थाबाट सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीको नेतृत्वमा शान्तिपूर्ण तरिकाले स’ङ्क्रमण भयो ।

यो नेपालमा सबै कम्युनिस्टहरूले पढ्ने र पढाउने गरेको विषय हो र सबै क्रा’न्तिकारीहरू यही रणनीतिबाट दीक्षित रहेका छन् । त्यति मात्र होइन, नेपालको समाजवादी क्रा’न्ति कुन रणनीतिक शृङ्खलाबाट पूरा गर्न सकिन्छ भन्ने विषयमा पनि वैचारिक विभाजन रहेको छ । कम्युनिस्ट पार्टी विभाजित भएका छन् । बहस चलेका छन् र समयअनुसार दुवै मोडेलहरूको प्रयोग भएका छन् । रुसी मोडेलको प्रयोग एमाले, नेमकिपा, नेकपा ‘चौथो महाधिवेशन’ (पछि एकताकेन्द्र लगायत पार्टीहरूले गरेका थिए । चिनियाँ मोडेलको प्रयोग माओ’वादी, पूर्वकोअर्डिनेसन कमिटी (जो पछि माले हुँदै एमाले बन्यो, सर्वहारावादी श्रमिक सङ्गठन (जो पछि एकताकेन्द्रमा एकताबद्ध भयो लगायत पार्टीहरूले गरेका थिए । अहिले एकीकृत जनक्रा’न्तिको शृङ्खलाको माग गर्ने अत्यधिक नेताहरू रुसी मोडेलको प्रयोगबाट असफलता हातपारेकाहरू छन् र चिनियाँ मोडेल प्रयोग गरेका केही छन् ।

रुस र चीनमा सफल भएका र नेपालमा कैयौँपटकको प्रयत्नले पनि असफल हुनुको प्रतिबिम्ब कार्यनीतिको शृङ्खलामा खोज गर्नु अस्वाभाविक होइन । आफ्नो अगाडि देखिएका तथ्यहरूको प्रामाणिकता विश्वमा खोज्नु पनि स्वाभाविक हो । मानिस सजिलै के निष्कर्षमा पुग्ने गरेका छन् भने विश्वभरि नै क्रा’न्तिको लहर रोकिन पुगेको छ । अ’न्धानुकरण गर्दाको अवस्थामा सफल भएका रणनीति र कार्यनीति देखेका नेपाली कम्युनिस्टहरूले स्वाभाविक रूपमा एकीकृत जनक्रा’न्तिको रणनीति र कार्यनीतिको माग पनि एउटा शृङ्खलामा हेर्न चाहेको देखिन्छ ।

एकी’कृत जनक्रा’न्तिको रणनीति र कार्यनीतिको शृङ्खला स्पष्ट छ । यसलाई ‘राजनीतिककर्मी’ ले नबुझ्नु अनौठो कुरा हो तर हाम्रो पार्टीले यसलाई प्रस्ट हुने गरी र नेपाली जनताले राम्रोसँग बझ्ने गरी प्रस्तुत गरेको छ । एकीकृत जनक्रा’न्तिको रणनीति र कार्यनीतिको सङ्क्षेपीकरण यसरी गर्न सकिन्छ– लेनिन र माओले प्रतिपादन, प्रयोग र विकास गरेका रणनीति र कार्यनीतिहरूका सार्वभौम नियमहरूलाई नेपालमा हुने वैज्ञानिक समाजवादी क्रा’न्तिमा एकीकृत गर्नुपर्छ र नेपालको विशिष्टतामा क्रा’न्तिले माग गरेका विशिष्ट नियमहरूको क्रा’न्तिकारी आ’न्दोलनका क्रममा विकास गर्नुपर्छ । त्यसो गर्दा एकीकृत जनक्रा’न्तिको रणनीति वैज्ञानिक समाजवादी क्रा’न्ति हो र कार्यनीति नेपालको सत्तामा रहेको दलाल पुँजीवादी वर्गलाई परास्त गर्नु हो । जहाँसम्म नयाँ जन’वादको कुरा छ, त्यो कार्यभार जस्तोसुकै देशको हकमा भए पनि अथवा विकसित देशमा होस् वा विकासोन्मुख, दुवै अवस्थामा रहेका देशहरूमा पूरा गर्नैपर्छ । यो रणनीति र कार्यनीतिको योगफल भनेको नेपाली जनताको हातमा राज्यसत्ता ल्याउनु हो र नेपालमा पूरा हुने समाजवादलाई अन्तर्राष्ट्रिय समाजवादको आधारका रूपमा विकास गर्ने र विश्व साम्यवादका लागि सेवा गर्ने हो । लेनिन र माओले विकास गर्नुभएका रणनीति र कार्यनीतिको सार्वभौम नियमको सङ्क्षिप्त चर्चा माथि नै भइसकेको छ । यति प्रस्ट रणनीति र कार्यनीति हाम्रा ‘राजनीतिककर्मी’ हरूलाई रहस्यवादी लाग्नु, अस्पष्ट लाग्नु आफैँमा रहस्यमयी र अस्पष्टता हुनु हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार