logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आर्मीलाई हराउदै मनाङ मर्स्याङदी क्लव फाइनलमा


  • आश तमु
  • बिहिबार, फाल्गुन २९ २०७६

पोखरामा जारी १८ औ आहारारा गोल्डकपको दोस्रो सेमी फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउदै मनाङ मर्स्याङदी क्लव फाइनलमा पुगेको छ ।आज बिहिवार भएको खेलमा मनाङ मर्स्याङदीले त्रिभुवन आर्मीलाई २ को विरुद्द ३ गोललेपराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मनाङको जितमाका लागि विदेशी खेलाडी फ्लोरेन्टले खेलको ४ मिनेटमै गोलको खाता खोलेका थिए । यसै गरी मनाङका लागी बिमल रानाले २९ मिनेटमा दोसो  गोल गर्दै २ – ० को अग्रता दिलाएका थिए  आर्मीका लागी निकै दवाबमा रहेको खेलमा ४१ औ मिनेटमा भरत खवासले गोल गर्दै अन्तर घटाएका थिए ।

पहिलो हाफ २–१ अन्तरमा सकिएकोमा निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट थप १–१ गोल निस्केपछि आर्मीको बराबरी गर्ने अवसर समेत चुक्यो ।

खेलको ८१ औं मिनेटमा मनाङका लागि अञ्जन बिष्टले गोल गर्दै ३–१ को स्कोरमा लगे । त्यसको २ मिनेट नबित्दै आर्मीका लागि दीप थापाले विपक्षी पोष्टमा बल प्रहार गरेको बल सिधै जाली चुमेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा मनाङका फ्लोरेन्ट म्यान अफ दी म्याच हुँदै नगद १० हजार पुरस्कार पाए ।शनिबार मनाङ र नेपाल पुलिसको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । लिगमा समेत मनाङले आर्मीलाई पराजित गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार