logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एकीकृत जनक्रान्ति : सवाल र जवाफ

  • - धर्मेन्द्र बास्तोला ‘कञ्चन’
  • सोमबार, चैत्र ३ २०७६

पार्टीबाट पलायन हुने कतिपय नेता र कार्यकर्ताहरूमा एकीकृत जनक्रा’न्तिको कार्यदिशाका बारेमा अहिले पनि केही प्रश्नहरू रहेको आभास पाइन्छ । यसप्रकारका प्रश्नहरू पार्टीभन्दा बाहिर पनि उठ्ने गरेका छन् । पार्टीभन्दा बाहिरका क्रा’न्तिकारीहरूले उठाएका सवालले पार्टीभित्रका क’मरेडहरूमा प्रत्यक्ष वा परोक्ष रूपले प्रभाव पारिरहेको हुन्छ ।

पार्टीभन्दा बाहिरका तमाम बुद्धिजीवीहरू र राजनीतिककर्मीहरूले नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने माग गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा रणनीति र कार्यनीतिको क्रमबद्ध शृङ्खलाको माग उनीहरूको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनका दस्ताबेजहरूमा एकी’कृत जनक्रा’न्तिको कार्यदिशा प्रस्ट गरिएको छ । पार्टीका प्रकाशन र लेखहरूमा पनि त्यसबारे धेरै छलफल गरिएको छ । फेरि पनि नेपालका क्रा’न्तिकारीहरूले प्रश्नहरू उठाइरहेका छन्– एकी’कृत जनक्रा’न्तिको शृङ्खला स्पष्ट पारिदिनुपर्यो । यसरी क्रा’न्तिको चिन्ताका साथ प्रश्न उठाउनेहरूमा वामपन्थी क्रा’न्तिकारी छन् जसले नेपालमा क्रा’न्ति होस् भन्ने शुभेच्छा राख्छन् तर क्रा’न्ति कसरी गर्ने भन्ने कुराको आधारभूत प्रश्नमा आउन सक्दैनन् र उनीहरू अन्ततः दलाल पुँजीवादको सि’कार बन्न विवश हुने गरेका छन् । यसरी प्रश्न उठाउनेहरू डा. ऋषिराज बराल, आहुति, घनश्याम भुसाल, श्याम श्रेष्ठ, किरणलगायत क्रा’न्तिकारीहरू छन् जसले बारम्बार र गम्भीरताका साथ विषयलाई उठाइरहेका छन् ।

डा. ऋषिराज बराल, किरण र अन्य तमाम ‘राजनीतिककर्मी’ हरूले एकीकृत जनक्रा’न्तिको कार्यदिशालाई रह’स्यवादी, कार्यनीति नमिलेको र पार्टीको उद्देस्य स्पष्ट नभएको गुनासो गर्दै आएका छन् र आहुतिजस्ता ‘राजनीतिककर्मी’ हरूले भने रणनीति र कार्यनीति नबुझिएको बताउने गरेका छन् । हाम्रा मित्रहरूको कार्यदिशाका बारेमा जेसुकै प्रश्नहरू भए पनि, उनीहरूले उठाउने प्रश्नहरू जनमानसमा उठ्ने प्रश्नको प्रतिबिम्बका रूपमा लिनुपर्छ र क्रा’न्तिको चिन्ता गर्ने जोकोही कम्युनिस्टहरूले आलोचकहरूका विचारहरूलाई वैचारिक प्रस्टता ल्याउनका लागि उचित अवसरका रूपमा एकताबद्ध गर्नुपर्छ ।

यही क्रममा प्रज्वल स्मारिका अङ्क १ वर्ष १ मा प्रकाशित आहुतिको ‘विप्लवी नेकपासँग बहिरङ्ग संवाद’ भन्ने लेखमा हाम्रो पार्टीको कार्यदिशाको प्रस्टताको माग गर्दै भनिएको छ, ‘एकीकृत जनक्रा’न्तिको कार्यदिशा हो भने आजदेखि क्रा’न्ति पूरा हुँदासम्मको कार्यनीति र रणनीतिको क्रमबद्ध शृङ्खला के हो त ? महाधिवेशनकै दस्तबेज मौन छ वा राजनीतिककर्मीले समेत बुझ्ने गरी बताइएको छैन । आजको विश्वमा मध्यम ह’ति’यार जोड्न सकिने सम्भावना र सङ्गठनले मात्र पनि कम्यु’निस्ट क्रा’न्तिको मूल समस्या हल गर्न सक्दैन ।’ त्यस्तै गरी त्यही लेखमा भनिएको छ, ‘ विगत एक शताब्दीलाई मूल्याङ्कन गर्दा सन् १९१७ को अक्टोबार क्रा’न्तिदेखि १९४९ को क्युबाली क्रा’न्तिसम्म संसार कम्युनिस्ट क्रा’न्तिमय छ तर त्यसपछिको साठी वर्ष प्रतिक्रा’न्तिमय रह्यो किन ? मर’णासन्न भनेको पुँजीवाद कुन अमृतले बलवान् भयो ? न लेनिनले देखेको करोडाैँ मजदुर थुप्रिने औद्योगिक केन्द्र छन्, न त पुँजीवादी विश्वयु’द्ध छ, न नै माओले भनेको दूरदराजको आधार क्षेत्र बनाउने देहात । तब अब कसरी त ? आजको नयाँ युगको क्रा’न्तिमा नयाँ प्रश्नहरूको उत्तर नदिई सुख छैन ।’

त्यो लेखमा यो पनि भनिएको छ, ‘पुँजीवादविरोधी कम्युनिस्ट क्रा’न्तिकारीहरूका अगाडि न त टुपाक अमारुजस्तो ब’लि’दानी रोमान्समा सि’द्धिने छूट छ, न त अमेरिकी बबएभाकियनजस्तै बुढेसकालसम्म केबल सिद्धान्तको रट लगाएर बाँ’च्ने नै छूट छ ।’

सामान्यतया यी प्रश्नहरू जनमानसमा पनि हुन सक्छन् तर मुख्य कुरा यसप्रकारको बहसले हाम्रो पार्टीका नेता र कार्यकर्तामा केही न केही प्रभाव पारेकै छ । यसकारण यस विषयमा छलफल गर्नु उपर्युक्त हुनेछ ।

यसमा पहिलो प्रश्न लिऊँ, ‘एकी’कृत जनक्रा’न्तिको कार्यदिशा हो भने आजदेखि क्रा’न्ति पूरा हुँदासम्मको कार्यनीति र रणनीतिको क्रमबद्ध शृङ्खला के हो त ?’ यो प्रश्न सामान्यतया सबै कम्युनिस्टहरूले उठाउने गरेको साझा सवाल हो । यो प्रश्न बारम्बार किन उठिरहेको छ भने नेपाली कम्युनिस्ट आन्दोलनमा मूल रूपमा दुईवटा रणनीति र कार्यनीतिक शृङ्खलामा बढी छलफल र बहस हुने गरेका छन् : त्यसमा एउटा रुसी अक्टोबर क्रा’न्ति पूरा गर्नका लगि लेनिनले अपनाएको स’शस्त्र वि’द्रोहको रणनीति र अर्को माओ त्सेतुङले नयाँ जनवादी क्रा’न्ति पूरा गर्न प्रतिपादन, विकास र प्रयोग गरेको दीर्घकालीन जनयु’द्धको रणनीति छन् । ती रणनीतिहरू पूरा गर्न अपनाइने कार्यनीतिहरू पनि दुवै प्रकारका छन् ।

रुसमा लेनिनले रणनीतिका रूपमा समाजवादी क्रा’न्तिको कार्यदिशा बनाउनुभयो । समाजवादका तीन सङ्घटक अङ्गहरू : समाजवादी राजनीतिक अर्थशास्त्र, द्व’न्द्वात्मक भौतिकवादी दर्शन र वैज्ञानिक समाजवादी समाजको व्याख्या र विश्लेषण गर्नुभयो । यसबाट लेनिनले माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादको उचाइमा विकास गर्नुभयो । त्यस्तै यो रणनीति पूरा गर्ने कार्यनीतिका रूपमा तत्कालीन सत्ताको सम्पूर्ण रूपले सैद्धान्तिक, राजनीतिक, वैचारिक भ’न्डाफोर गर्नुभयो र पुरानो सत्तालाई सम्पूर्ण रूपले न’ङ्ग्याउनुभयो । रुसमा पुरानो सत्ता यतिसम्म ना’ङ्गिने अवस्था भयो– जारशाहीका सयौँको सङ्ख्यामा सेनापतिहरूले र हजारौँको सङ्ख्यामा सेनाका जवानहरूले बोल्सेभिक क्रा’न्तिको समर्थन गर्ने अवस्था पैदा भयो । लेनिनले कार्यनीतिका रूपमा आवश्यक पर्दा दुमामा भाग लिने र दुमाबाटै जारको भ’न्डाफोर गर्ने नीति पनि बनाउनुभयो ।

त्यस्तैगरी चीनमा सम्पन्न गरिएको नयाँ जनवादी क्रा’न्ति र समाजवादी क्रा’न्तिमा रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्या’क्रमण भनेर माओ त्सेतुङले दीर्घकालीन जनयु’द्धको रणनीति प्रतिपादन र प्रयोग गर्नुभयो । यो रणनीति पूरा गर्नका लागि माओले कार्यनीतिक रूपले क्रा’न्तिका तीन जादुगरी हति’यार भनेर प्रस्तुत गर्नुभयो । त्यसमा पार्टी, सेना, संयुक्त मोर्चा भन्ने नीति बनाइयो । क्रा’न्तिकारी विचार, सिद्धान्त र राजनीति भएको सर्वहारा वर्गको क्रा’न्तिकारी पार्टी, त्यो पार्टीको नेतृत्वमा क्रा’न्तिकारी लालसेना र जापानी साम्राज्यवादवि’रुद्ध देशभक्त जनवादी शक्तिहरूसँगको संयुक्त मोर्चाको नीति बनाइयो । कार्यनीतिक प्रश्नकै रूपमा माओले भन्नुभयो– चीनजस्तो आर्थिक रूपमा पिछडिएको, आधुनिक प्रकारको उत्पादक शक्तिको विकास नभएको र अर्धसामन्ती– अर्धऔपनिवेशिक देशमा नयाँ जनवादी क्रा’न्ति सम्पन्न गरेपछि मात्र समाजवादी क्रा’न्ति पूरा गर्न सकिन्छ । वास्तवमा चिनियाँ समाजवाद नयाँ जनवादी व्यवस्थाबाट सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीको नेतृत्वमा शान्तिपूर्ण तरिकाले स’ङ्क्रमण भयो ।

यो नेपालमा सबै कम्युनिस्टहरूले पढ्ने र पढाउने गरेको विषय हो र सबै क्रा’न्तिकारीहरू यही रणनीतिबाट दीक्षित रहेका छन् । त्यति मात्र होइन, नेपालको समाजवादी क्रा’न्ति कुन रणनीतिक शृङ्खलाबाट पूरा गर्न सकिन्छ भन्ने विषयमा पनि वैचारिक विभाजन रहेको छ । कम्युनिस्ट पार्टी विभाजित भएका छन् । बहस चलेका छन् र समयअनुसार दुवै मोडेलहरूको प्रयोग भएका छन् । रुसी मोडेलको प्रयोग एमाले, नेमकिपा, नेकपा ‘चौथो महाधिवेशन’ (पछि एकताकेन्द्र लगायत पार्टीहरूले गरेका थिए । चिनियाँ मोडेलको प्रयोग माओ’वादी, पूर्वकोअर्डिनेसन कमिटी (जो पछि माले हुँदै एमाले बन्यो, सर्वहारावादी श्रमिक सङ्गठन (जो पछि एकताकेन्द्रमा एकताबद्ध भयो लगायत पार्टीहरूले गरेका थिए । अहिले एकीकृत जनक्रा’न्तिको शृङ्खलाको माग गर्ने अत्यधिक नेताहरू रुसी मोडेलको प्रयोगबाट असफलता हातपारेकाहरू छन् र चिनियाँ मोडेल प्रयोग गरेका केही छन् ।

रुस र चीनमा सफल भएका र नेपालमा कैयौँपटकको प्रयत्नले पनि असफल हुनुको प्रतिबिम्ब कार्यनीतिको शृङ्खलामा खोज गर्नु अस्वाभाविक होइन । आफ्नो अगाडि देखिएका तथ्यहरूको प्रामाणिकता विश्वमा खोज्नु पनि स्वाभाविक हो । मानिस सजिलै के निष्कर्षमा पुग्ने गरेका छन् भने विश्वभरि नै क्रा’न्तिको लहर रोकिन पुगेको छ । अ’न्धानुकरण गर्दाको अवस्थामा सफल भएका रणनीति र कार्यनीति देखेका नेपाली कम्युनिस्टहरूले स्वाभाविक रूपमा एकीकृत जनक्रा’न्तिको रणनीति र कार्यनीतिको माग पनि एउटा शृङ्खलामा हेर्न चाहेको देखिन्छ ।

एकी’कृत जनक्रा’न्तिको रणनीति र कार्यनीतिको शृङ्खला स्पष्ट छ । यसलाई ‘राजनीतिककर्मी’ ले नबुझ्नु अनौठो कुरा हो तर हाम्रो पार्टीले यसलाई प्रस्ट हुने गरी र नेपाली जनताले राम्रोसँग बझ्ने गरी प्रस्तुत गरेको छ । एकीकृत जनक्रा’न्तिको रणनीति र कार्यनीतिको सङ्क्षेपीकरण यसरी गर्न सकिन्छ– लेनिन र माओले प्रतिपादन, प्रयोग र विकास गरेका रणनीति र कार्यनीतिहरूका सार्वभौम नियमहरूलाई नेपालमा हुने वैज्ञानिक समाजवादी क्रा’न्तिमा एकीकृत गर्नुपर्छ र नेपालको विशिष्टतामा क्रा’न्तिले माग गरेका विशिष्ट नियमहरूको क्रा’न्तिकारी आ’न्दोलनका क्रममा विकास गर्नुपर्छ । त्यसो गर्दा एकीकृत जनक्रा’न्तिको रणनीति वैज्ञानिक समाजवादी क्रा’न्ति हो र कार्यनीति नेपालको सत्तामा रहेको दलाल पुँजीवादी वर्गलाई परास्त गर्नु हो । जहाँसम्म नयाँ जन’वादको कुरा छ, त्यो कार्यभार जस्तोसुकै देशको हकमा भए पनि अथवा विकसित देशमा होस् वा विकासोन्मुख, दुवै अवस्थामा रहेका देशहरूमा पूरा गर्नैपर्छ । यो रणनीति र कार्यनीतिको योगफल भनेको नेपाली जनताको हातमा राज्यसत्ता ल्याउनु हो र नेपालमा पूरा हुने समाजवादलाई अन्तर्राष्ट्रिय समाजवादको आधारका रूपमा विकास गर्ने र विश्व साम्यवादका लागि सेवा गर्ने हो । लेनिन र माओले विकास गर्नुभएका रणनीति र कार्यनीतिको सार्वभौम नियमको सङ्क्षिप्त चर्चा माथि नै भइसकेको छ । यति प्रस्ट रणनीति र कार्यनीति हाम्रा ‘राजनीतिककर्मी’ हरूलाई रहस्यवादी लाग्नु, अस्पष्ट लाग्नु आफैँमा रहस्यमयी र अस्पष्टता हुनु हो ।

?
कमरेडहरूले एकीकृत जनक्रा’न्तिको कार्यदिशा स्पष्ट भएन वा रणनीति र कार्यनीतिको शृङ्खला स्पष्ट भएन भनेर तर्क गर्नुभएको छ उहाँहरूको तर्कको अन्तर्यमा प्रतिक्रियावादी सत्तामा हुने चुनावको प्रयोग के गर्ने ? सत्ताको वि’रोध गर्दा आइलाग्ने कतिपय आर्थिक फाइदाहरू, पदप्रतिष्ठाहरू के गर्ने भन्नेसँग जोडिएको पाइन्छ र त्यसको उपयोग वा ब’हिष्कार गर्ने कार्यनीति भएमा त्यो रणनीति र कार्यनीति पूर्ण हुन्छ भन्ने मनसाय पाइन्छ । यसप्रकारको नीतिको बढी माग गर्ने कतिपयको मनसाय कार्यनीतिका नाममा प्रतिक्रियावादी सत्तामा हुने चुनावको उपयोग र सरकारमा हिस्सेदारी गर्नु सही हुन्छ भन्ने पाइन्छ । यसप्रकारको कार्यनीतिलाई एकीकृत जनक्रा’न्तिले अवसरवाद, झूट, जनता झुक्याउने प्रपञ्च, जनतालाई गलत कामका लागि प्रशिक्षित गर्ने दुष्कार्य, देशलाई संसद्वादको चङ्गुलमा फसाउने ष’ड्यन्त्र वा त्यसप्रकारको ष’ड्यन्त्रको सिकार भन्ने मान्दछ ।

यसप्रकारको क्रा’न्तिविरोधी दुष्कार्य, दुर्नियत र षड्यन्त्रको सिकार क्रान्तिकारीहरू हुने गरेको हामीले आहुतीका अभिव्यक्तिमा पाउँछौँ । त्यही लेखमा भनिएको छ, ‘आजको विश्वमा मध्यम हतियार जोड्न सकिने सम्भावना र सङ्गठनले मात्र पनि कम्युनिस्ट क्रा’न्तिको मूल समस्या हल गर्न सक्दैन ।’ यसको तात्पर्य के हो ? देशमा क्रा’न्ति पूरा गर्नका लागि अमेरिका, बेलायत, फ्रान्स र रुसमा साम्राज्यवादी सत्ताले जस्तो बीस हजार किमि प्रहार गर्ने रकेट, प्रेसिसन मिसेल, आणविक ब’म र बर्सौं पानीमा रहने जलचर सेना र नक्षत्र यु’द्ध गर्ने नक्षत्र सेना आवश्यक हुन्छ भनेको हो ? यसप्रकारको सोचाइबाट क्रा’न्ति सोचिएको हो भने त्यो क्रा’न्ति होइन, त्यो आ’तङ्कवाद हो, विध्वंस हो, न’रसंहार हो र त्यो अर्को साम्राज्यवाद हो अथवा कम्युनिस्टले अपनाउने सा’म्राज्यवाद सामाजिक सा’म्राज्यवाद हो । जसरी मध्यम स्तरका ह’तियारबाट क्रा’न्ति हुन नसक्ने र ठूला ह’तियार प्राप्त गर्न नसकिने आसयको कुरा गरिएको छ त्यसमा ह’तियारको आवश्यकतालाई पूर्ण रूपमा प’रित्याग गर्ने सोचाइ अभिव्यक्त हुन्छ । हति’यार समाउँदा आत’ङ्कवाद सोच्ने र हति’यार छोड्दा निरीहता सोच्ने दुवै प्रवृत्ति दक्षिणपन्थी, गैरक्रा’न्तिकारी, अवसरवादी र प्रतिक्रा’न्तिकारी हुन् । लेनिनले भन्नुभएको थियो उग्र वामपन्थ उग्र दक्षिपन्थमा पत्ताउँछ । यो मु’द्दामा पनि त्यही चरित्र चरितार्थ हुन्छ ।

ह’तियार सानो वा ठूलोको कुरा होइन, मध्यम वा लामो दूरीको भन्ने होइन, वास्तविकतामा ह’तियारबिना संसारमा कुनै पनि क्रा’न्ति हुन सक्दैन । क्रा’न्तिका लागि पहिलो हति’यार वैज्ञानिक विचार हो । वैज्ञनिक विचारद्वारा निर्देशित जनताको चेतना हो । किन स’ङ्घर्ष गरिरहेको छु भन्ने जानकारी पाउने जनताको राजनीतिक स्तर हो । यो चेतना, विचार र स्तरको जनता बनाउन सक्नु सबैभन्दा ठूलो हति’यार हो । माक्र्सवाद–लेनिनवाद–माओवाद, महान् सर्वहारावादी सांस्कृतिक क्रा’न्तिको मूल्य र मान्यता, वर्गस’ङ्घर्षको मान्यता, ब’न्दुकको बलमा द’मन गरिएको जनताले बन्दुकबाट मु’क्त हुन ब’न्दुक उठाउनुपर्छ भन्ने मान्यता, सत्तामा बल प्रयोगको सिद्धान्त र सत्ता प्राप्त गर्न पनि बल प्रयोग गर्नुपर्छ भन्ने मान्यता यी राज्यसत्ता प्राप्त गर्नका लागि आवश्यक पर्ने क्रा’न्तिकारी क्षेप्यास्त्रहरू हुन्, यी आणविक ब’महरू हुन् र यी साम्राज्यवाद र सर्वहारा क्रा’न्तिको युगमा वैज्ञानिक समाजवादी क्रा’न्तिका लागि नक्षत्र यु’द्ध लड्ने आधुनिक शस्त्रास्त्रहरू हुन् । क्रा’न्तिका लागि दोस्रो र सहायक हति’यार भनेको ब’न्दुक हो । क्रा’न्ति गर्नका लागि राजनीति रणनीति हो र प्रधान पक्ष हो । ब’न्दुक कार्यनीति र गौण पक्ष हो । जब कुनै का’न्तिकारी ‘ मध्यम ह’तियार जोड्न सकिने सम्भावना र सङ्गठनले’ ‘क्रा’न्तिको समस्या हल गर्न सक्दैन’ भन्ने निष्कर्षमा पुग्छ त्यो पहिलो कुरा वैचारिक ह’तियारबाट निःशस्त्र छ र यसप्रकारका निःशस्त्र, निरीह र क्रा’न्तिकारी इतिहास गुमाएका टुहुरा क्रा’न्तिकारीहरूबाट क्रा’न्तिको अपेक्षासम्म हुनसक्छ तर क्रा’न्तिको नेतृत्व र क्रा’न्ति पूरा गर्ने काम हुन सक्तैन ।

पार्टी गठन गर्दाखेरिको एउटा पत्रकार सम्मेलनमा पत्रकारहरूबाट ‘क्रा’न्तिका लागि ह’तियार कहाँबाट प्राप्त गर्ने ?’ भनेर सोधिएको प्रश्नको जबाफ दिँदै हाम्रो पार्टीका महासचिव विप्लवले भन्नुभएको थियो– पहिले ह’तियार दिमागमा हुनुपर्छ । दिमागमा हति’यार छ भने क्रा’न्ति सम्पन्न गर्ने ह’तियार पर्याप्त मात्रामा पैदा हुनेछन् । वैज्ञानिक कुरा यही हो । एकीकृत जनक्रा’न्तिको कार्यदिशामा रणनीति र कार्यनीतिको शृङ्खला नबुझेका ‘राजनीतिककर्मी’ हरूले पहिले आफ्नो दिमागलाई शस्त्रास्त्रयुक्त गर्न आवश्यक छ अनि मात्र त्यो अस्त्रको माध्यमबाट एकीकृत जनक्रा’न्तिको रणनीति र कार्यनीति छर्लङ्ग बुझ्न सकिनेछ ।

अहुतीको त्यो लेखमा अहुतिमार्फत हाम्रो पार्टीको रणनीति, कार्यनीतिसम्बन्धी प्रश्न उठाउनेहरूले हाम्रो अगाडि जटिल र महत्वपूर्ण प्रश्न राखेका छन्, ‘ विगत एक शताब्दीलाई मूल्याङ्कन गर्दा सन् १९१७ को अक्टोबार क्रा’न्तिदेखि १९४९ को क्युबाली क्रा’न्तिसम्म संसार कम्युनिस्ट क्रा’न्तिमय छ तर त्यसपछिको साठी वर्ष प्रतिक्रा’न्तिमय रह्यो, किन ?’

यस प्रकारको प्रश्नको जबाफ क्रा’न्तिको सफलता र असफताका बारेमा बहसमा गरिने बुद्धिविलास, क्रा’न्तिका बारे गरिने विद्यावारिधि र बौद्धिकहरूबीच गरिने प्राचार्यताबाट प्राप्त गर्न सकिँदैन । यसलाई क्रा’न्तिकारी आ’न्दोलन, कम्युनिस्ट नेतृत्व, माक्र्सवादी विचारको वैज्ञानिक प्रयोग र कम्युनिस्टको राजनीतिक श्रेष्ठताबाट मात्र बुझ्न सकिन्छ । यो प्रश्नको जबाफ बुझ्न साथीहरूलाई हाम्रो प्रतिप्रश्नबाट सहज हुन सक्छ ।

हाम्रो प्रतिप्रश्न छ, सन् १९१७ को अक्टोबर क्रा’न्तिदेखि १९४९ को क्युबाली क्रा’न्तिसम्म संसार कम्युनिस्ट क्रा’न्तिमय थियो भने रुस, चीन, क्युबा, कोरिया र भियतनामबाहेक अरू देशमा कि क्रा’न्ति भएनन् ? पश्चिम युरोपका देशहरूमा चलेको क्रा’न्तिकारी सुनामी किन बिस्तारै पूर्वतिर विस्थापित भयो ? आहुती जस्ता रोमान्टिस्ट क्रान्तिकारीहरूले क्रा’न्तिलाई हरेक वर्ष तीजको पर्व आएजस्तै स्वतस्फूर्ततामा आउने, रोमान्टिक नाचगानजस्तो रूपमा बुझेको देखिन्छ । नेपाली धार्मिक परम्परामा वार्षिक पर्वहरूलाई अशुभ दिनहरूले यो वर्षका लागि बन्देज गरेका हुन्छन् । त्यस्तै आहुतीहरूको प्रश्न रहने गरेको पाइन्छ– अघिल्लो शताब्दीमा आएको क्रा’न्तिको पर्वलाई कुन अशुभ दिन, कुन सिद्धान्त र राजनीतिको मृ’त्यु भएकाले आएन भन्ने सोचाइ देखा पर्छ । निश्चित रूपमा यो त जटिल विषय नै हो । माओले भन्नुभएजस्तै क्रा’न्ति भनेको रोमान्स होइन, चुँदरी बुन्नुजस्तो होइन र भोजभतेर होइन । क्रा’न्ति वैचारिक अस्त्रबाट सुसज्जित सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्टको नेतृत्वमा हुने सामाजिक रूपान्तरणको भीषण ल’डाइँ हो । जुन देशहरूले जुन समयमा वा जुन शताब्दीमा त्यसप्रकारको नेतृत्व पाए त्यहाँ क्रा’न्ति भए । जहाँ, जुन देशहरूले त्यसप्रकारको नेतृत्व पाउन सकेनन् त्यहाँ क्रा’न्ति पूरा हुन सकेन । सही कुरा यत्ति हो । यसको जबाफ हामीले नेपालको इतिहासबाटै देख्न सक्छौँ, प्रचण्डको नेतृत्वमा मालेमावादको वैचारिक ह’तियार नेपाल कम्युनिस्ट पार्टी माओवादीले चलाउँदैनथ्यो भने नेपालमा यत्ति छिट्टै गणतन्त्र पनि आउने थिएन । के त्यतिबेला हामीसँग शान्तिकालमा संसद्ववादमा समर्पण गरेका सबै ह’तियार वा एउटा पनि ह’तियार थिए ? नेतृत्वको विचारमा ह’तियार थियो, जनमुक्ति सेनाले ह’तियार पायो । नेतृत्वको विचारबाट ह’तियार गयो, जनमुक्ति सेनाको ह’तियार पनि गयो । लेनिनले भन्नुभएको थियो, सबै चीजको फैसला कार्यदिशाले गर्छ । यही होइन सत्य ? यही होइन ह’तियारको प्रश्न ?

सक्षम नेतृत्व हुँदैनथ्यो भने न रुसमा क्रा’न्ति सम्भव थियो, न चीनमा, न त क्युबा र भियतनाममा क्रा’न्ति सम्भव थियो, न कोरियामा । के लेनिनको समयमा भारतमा सशक्त प्रकारको क्रा’न्तिकारी आन्दोलन थिएन ? के पश्चिम युरोपका इटली, फ्रान्स, ग्रिस, जर्मनीलगायत देशहरूले क्रा’न्तिको सङ्घारमा टेकेका थिएनन् ? तेस्रो अन्तर्राष्ट्रियमा चीनमा समाजवादी क्रा’न्ति हुन सक्दैन भनेर बहस हुँदाहुँदै पनि माओको नेतृत्वमा क्रा’न्ति सम्पन्न हुने र भारतलगायत पश्चिम युरोपका देशहरूमा नहुने किन भयो ? यसको मुख्य कारण विचारको ह’तियारबाट सुसज्जित नेतृत्वको अभावबाहेक केही होइन । क्रा’न्ति अनुभववाद, व्यवहारवाद, जडसूत्रवाद, कठमुल्लावाद, मनोगतवाद, स्वतस्फूर्ततावाद जस्ता कुनै पनि आदर्शवादबाट हुन सक्दैन । क्रा’न्ति हुनका लागि क्रा’न्तिकारीसँग द्व’न्द्वात्मक भौतिकवाद, माक्र्सवाद–लेनिनवाद– माओवाद, सर्वहारा अन्तर्राष्ट्रियतावादको ह’तियार नै आवश्यक हुन्छ ।

अघिल्लो शताब्दीको क्रा’न्तिपछिका ‘साठी वर्ष प्रतिक्रा’न्तिमय रह्यो, किन ?’ भन्ने प्रश्नले साम्राज्यवादीहरूले गरेको वकालत पुँजीवाद निर्विकल्प हो भन्ने कुतर्कलाई मलजल गर्न पुग्छ । क्रा’न्तिकारीहरूले यसप्रकारको प्रश्न गर्न नपाउने भन्ने त हुँदैन तर हरेक प्रश्नले जबाफ पनि बोकेर आएको हुन्छ । यो प्रश्नले त्यही जबाफ नदेखिने गरी पिठ्युँमा बोकेर ल्यएको छ, त्यो हो क्रा’न्ति यो शताब्दीमा नहुने भएपछि क्रा’न्ति राम्रो कुरा हो तर संसद्वादबाहेक अर्को विकल्प छैन ।

त्यस्तै त्यो लेखमा हाम्रो अगाडि प्रश्न सोझ्याइएको छ, ‘मर’णासन्न भनेको पुँजीवाद कुन अमृतले बलवान् भयो ?’ लेनिनले जुन कारणले पुँजीवादलाई मर’णासन्न भन्नुभएको थियो ती कारणहरू अहिले पनि विद्यमान छन्, बरु ती विश्लेषणहरूको वैज्ञानिकता अहिले पनि पुष्टि भएको छ । लेनिनले भन्नुभएको थियो, एकाधिकार पुँजीवाद सडेगलेको छ र प’तनको बाटोमा छ । बेलायती साम्राज्य के पत’न भएन ? लेनिनले भनेको कुरा प्रस्ट रूपमा हामीले देखिराखेका छौँ, एकाधिकारवादी पुँजीको नमुना बेलायत थियो । लेनिनले त्यसको प’तनको कुरा गर्नुभएको थियो । त्यो व्यवहारमा लागू भएको पनि देखियो । क्रा’न्तिकारी कम्युनिस्ट पार्टीका सदस्य माक्र्सवादी अर्थशास्त्री रेमन्ड लोट्टाले अमेरिका पतनको प्रक्रियामा (अमेरिका इन डिक्लाइन) भन्ने पुस्तकमा टुइन टावरभन्दा पहिले नै विश्लेषण गरिसकेका थिए । एकाधिकार पुँजीवाद र पुँजीको केन्द्रीकरणको कारण के त्यो दिशामा अहिले अमेरिका छैन ? जहाँसम्म ‘म’रणासन्न भनेको पुँजीवाद कुन अमृतले बलवान् भयो’ भन्ने प्रश्न छ त्यो आजको नयाँ प्रश्न होइन । पुँजीवादको विकास हुँदै गरेको उन्नाईसौँ शताब्दीको पूर्वाद्र्धमा पनि यस्तै प्रश्नहरू थिए । तमाम युरोपेली कम्युनिस्टहरूको तर्क थियो, पुँजीवादले औद्योगिक प्रतिस्पर्धात्मक चरित्रबाट एकाधिकारमा विकास गरेका कारण यो अजेय बनेको छ । सामान्य शक्तिले नमासिने पुँजीवादी समाजमा क्रा’न्ति सम्भव छैन । यसप्रकारको तर्क गर्नेहरू कार्ल काउत्स्की, ट्राट्स्कीहरू र अरू संशोधनवादीहरू थिए । त्योभन्दा पहिले बाकुनिन र मिलेराहरू पनि यही तर्क गर्थे । क्रा’न्ति सम्भव छैन भन्ने निष्कर्षमा पुगेकाहरूका लागि आज तिनै मानिसहरू महान् गुरु बनेका छन् र औँला उठाएर विश्वका मुक्तिकामी जनतालाई भन्ने गरेका छन्, ‘देख्नुभो, क्रा’न्ति कहाँ सफल भो !’

पुँजीवाद आफैँमा व’र्गसङ्घर्ष हो र यसले आफूलाई बचाइराख्नका लागि आफैँमा निरन्तर क्रा’न्तीकृत गरिरहेको हुन्छ । यो क्रा’न्तीकृत गर्ने प्रक्रिया नै पुँजीवादलाई बचाइराख्ने अमृत हो । जहाँसम्म सर्वहारा समाजवादी सत्ता किन टिकेन भन्ने प्रश्न आउँछ, वर्गसङ्घर्षको लडाइँमा सर्वहारा सत्तामाथि पुँजीवादी विचार र नेतृत्व हाबी भएकै कारण प्रतिक्रा’न्ति भएका हुन् जुन स्टालिनपछिको रुस र माओपछिको चीनमा देखापर्यो । ‘वामपन्थी बुद्धिजीवीहरू’ तर्क गर्छन्, मानिसले पुँजीवाद मनपराएका कारण पुँजीवादी व्यवस्था फैलिएको हो । यसप्रकारका तर्क गर्नेहरूको वैचारिक दिबालिया सहज देख्न सकिन्छ । के अमेरिकाका शतप्रतिशत जनता त्यो विभेदभित्र बस्न मन पराउँछन् जहाँ देशको १ प्रतिशत मानिसको हातमा ९९ प्रतिशतको भन्दा बढी सम्पत्ति केन्द्रित रहेको छ ? के बेलायती जनता त्यस्ता पुँजीवादी बैङ्कहरूको शोषण मन पराउँछन् जसको सम्पत्ति (सन् २०१५ मा) बेलायती जनताको कुल गार्हस्थ उत्पादनभन्दा ३२० गुणा बढी पुगेको थियो । के युरोपियन जनता त्यस्तो पुँजीवादी लुट मन पराउँछन् जहाँ बैङ्कपतिहरूको सम्पत्ति (सन् २०१५ मा) कुल युरोपियन जनताको भन्दा १००० गुणा बढी छ जहाँ इटली, ग्रिस, स्पेनजस्ता देशहरू बैङ्कको ऋण तिर्न नसकेर टाट पल्टिरहेका छन् । के भारतीय जनताले प्रत्येक वर्ष बैङ्क ऋण तिर्न नसकेर सयौँको सङ्ख्यामा आ’त्महत्या गर्नु पुँजीवाद मनपराएर हो ? भारत, मेक्सिको, बर्मा र बङ्गलादेशका करोडौँ जनता गाँस–बासविहीन अवस्थामा बाँच्नका लागि गल्लीमा भौँतारिँदै हिँड्ने पुँजीवाद मन पराएर हो ?

मानिसहरू तर्क गर्छन्, पुँजीवादले वैज्ञानिक विकास गरेका कारण समाजवाद असफल भयो । यसप्रकारको तर्क गर्नेहरूमा पुँजीवादका चाटुकार फुकुयामादेखि भारतीय लेखक अनिल राजिमवालेसम्म छन् । यसका बारेमा बृहत् चर्चा अन्यत्र गरिनेछ तर यहाँ यत्ति मात्र चर्चा गरिन्छ, वैज्ञानिक विकास पुँजीवादका कारणले भएको होइन, वैज्ञानिक विकासको कारण निरन्तर आफूलाई क्रा’न्तीकृत गर्ने मानिसको स्वभावका कारणले हो । हरेक मानिस वस्तुगत आवश्यकताको प्रतिबिम्बका रूपमा निरन्तर नयाँ आविष्कारमा हुन्छन् । उपयुक्त वातावरण पाउँदा त्यो आविष्कार समाज रूपान्तरणका लागि युगान्तकारी हुनसक्छ । वाष्प इन्जिनदेखि रेडियो तरङ्ग, आणविकदेखि नक्षत्र र कृष्णविवरसम्मका अनुसन्धान पुँजीवादले होइन, मानिसको बौद्धिक श्रमले गरेको हो । विचारकै कुरा गर्ने हो भने आइनस्टाइन समाजवादी थिए र स्टेफेन हकिन्स कम्युनिस्ट आमाका छोरा थिए ।

पुँजीवादले विज्ञानको विकास गरेको होइन, विज्ञानको विकासलाई मुनाफाका लागि निय’न्त्रण गरेको हो । यसकारण जति विकास हुनु सम्भव हुन्थ्यो त्यो हदसम्म पुँजीवाद अवरोधक बन्ने गरेको छ । यो सत्यलाई कुनै पनि माक्र्सवादीले इन्कार गर्न सक्दैन । माक्र्स–एङ्गेल्स, लेनिन, स्टालिन, माओले पुजीवाद प्रगतिका लागि अवरोधक हुने बताउनुको तात्पर्य यहाँ प्रस्ट हुन्छ । यसरी हेर्दा ब’न्दुकको बलमा मानिसमाथि, समाजमाथि, देशमाथि जसरी लू’ट मच्चाइएको छ र नियन्त्रण गरिएको छ पुँजीवादलाई बचाउने अमृत त्यही बनेको छ । तर यो अमृत पुँजीवादका लागि आफैँमा विषमा परिणत भइसकेको तथ्यलाई कसैले पनि बिर्सनु हुँदैन ।

विश्व राजनीतिक व्यवस्था, विश्वको अर्थप्रणाली, विश्वको सेना र सरकार आफ्नो नियन्त्रणमा लिएको साम्राज्यवाद अहिले विश्वसत्ता सञ्चालनमा छ, चाहे त्यो द्विध्रुवीय अवस्थामा रहेको होस् वा बहुध्रुवीय । यस्तो अवस्थामा विश्व कम्युनिस्ट आ’न्दोलन र सर्वहारा क्रा’न्ति निश्चित रूपमा रक्षात्मक भएको अहिलेको यथार्थ हो तर सर्वहारा क्रा’न्तिको आवश्यकता समाप्त भएको भन्ने कुरा सही होइन । यो अवस्थाले सर्वहारा क्रा’न्तिको मागलाई अझ तीव्रता दिएको छ र त्यसको माग बढिरहेको छ । यसप्रकारको क्रा’न्तिका लागि आवश्यक विषयहरू मिल्नुपर्छ जो हामीले यही लेखमा माथि चर्चा गरिसकेका छौँ । क्रा’न्तिका लागि क्रा’न्तिकारी नेतृत्व, परिस्थिति, आवश्यक सेना र ह’तियार त चाहिन्छ नै । त्यो कुरा पनि नेतृत्वसँगै जोडिएको हुन्छ र त्यसप्रकारको नेतृत्वको विकास हुनैपर्छ ।

त्यो लेखमा भनिएको छ, ‘न लेनिनले देखेको करोडौँ मजदुर थुप्रिने औद्योगिक केन्द्र छन्, न त पुँजीवादी विश्वयु’द्ध छ, न नै माओले भनेको दूरदराजनको आधार क्षेत्र बनाउने देहात । तब अब कसरी त ? आजको नयाँ युगको क्रा’न्तिमा नयाँ प्रश्नहरूको उत्तर नदिई सुख छैन ।’ प्रश्नका हिसाबले र वस्तुगत अवस्थाको अवलोकनका हिसाबले यो प्रश्न पनि पहिलेको प्रश्नजस्तै ठिकै कुरा हो र निश्चिति रूपमा आजको युगमा यी प्रश्नहरूको जबाफ नदिई सुखै छैन । त्यही त कारण हो एकीकृत जनक्रा’न्तिको कार्यदिशाले अहिले विकास गर्ने प्रयत्न गरेको । यसप्रकारका लेखकहरूको विश्लेषणमा पुँजीवाद मजबुत देखाउनुको कारण त्यसलाई परास्त गर्ने रणनीति र कार्यनीतिको विकास गर्नका लागि होइन, बरु त्यसका अजीर्ण चरित्रको चित्रण गर्दै कुन निष्कर्षमा पुग्नु रहेको हुन्छ भने परिस्थिति पहिलेको जस्तो नभएका कारण क्रा’न्ति सम्भव छैन ।

एकीकृत जनक्रा’न्तिको कार्यदिशामा हेर्यौँ भने हामीले न नेपालमा लेनिनले भनेको जस्तो हजारौँ मजदुरहरू थुप्रिने कलकारखानाको माग गरेका छाैँ, न माओले भनेका दूरदराजका आधार क्षेत्र बनाउने देहात । एकीकृत जनक्रा’न्तिले नेपालको अहिलेको वस्तुस्थिति अनुसार गाउँ र सहर जोड्ने, क्रा’न्तिकारी र देशभक्त शक्तिहरूलाई जोड्ने, मजदुर र राष्ट्रिय पुँजीपतिहरूलाई जोड्ने, सर्वहारा र मध्यमवर्गलाई जोड्ने र दलाल पुँजीवादका विरुद्ध एकीकृत तरिकाले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्टको नेतृत्वमा हमला गर्ने भनिएको छ ।

जहाँसम्म क्रा’न्तिका लागि रुसका मजदुर थुप्रिने कलकारखाना र चीनका देहातहरूको खोजी गर्ने कुरा छ, त्यसले क्रा’न्तिलाई जडसूत्रका रूपमा लिएको देखिन्छ । यो विचारले जङ्गल देख्दा रूख देख्दैन र रूख देख्दा जङ्गल देख्दैन । यसले उकालोमा ओरालो देख्दैन र ओरालोमा उकालो देख्दैन । एक्काईसाैँ शताब्दीको भूमण्डलीकृत पुँजीवादमा बीसौँ शताब्दीको एक देशका मजदुर थुप्रिने कारखाना विश्वभरका मजदुर थुप्रिने कारखानामा बदलिएका छन् । बीसौ शताब्दीका एक देशमा क्रा’न्तिको जिम्मा लिने मजदुर एक्काईसौँ शताब्दीमा विश्वक्रा’न्तिको जिम्मा लिने ब्यारेकमा बदलिएका छन् । बीसाैँ शताब्दीका माओका आधारहरू निर्माण गर्ने देहाती जनता अहिले सहरका जीर्ण तम्बुभित्र केन्द्रित हुन पुगेका छन् र त्यहाँ क्रा’न्तिका आधारहरू तयार गरिरहेका छन् । तर हामी तमाम जडसूत्रवादीहरूका विभ्रम र क्रा’न्तिविरोधी विचारहरूले हैरान हुन्छौँ, त्यसको खण्डन हरसमय गर्नु परेको छ । माथि नै भनिसकिएको छ जडसूत्रले क्रा’न्ति हुन सक्दैन । क्रा’न्तिलाई जडसूत्रमा होइन, विज्ञानमा हेर्नुपर्छ । यही जडसूत्रले ती साथीहरू अकर्मण्यतावादको सिकार भएको देखापर्छ । त्यहाँ लेखिएको छ, ‘पुँजीवादविरोधी कम्युनिस्ट क्रा’न्तिकारीहरूका अगाडि न त टुपाक अमारुजस्तो बलि’दानी रोमान्समा सिद्धिने छूट छ, न त अमेरिकी बबएभाकियनजस्तै बुढेसकालसम्म केवल सिद्धान्तको रट लगाएर बाँच्ने नै छूट छ ।’ यहाँ ‘बलि’दानीको रोमान्स’ मा सिद्धिने कुरा र ‘बुढेसकालसम्म केवल सिद्धान्तको रट लगाएर बाँच्ने’ छूट नभएको कुरा जसरी गरिएको छ त्यसको अन्तर्यमा विसर्जनवाद, पलायनवाद, संशोधनवाद, संसद्वाद लुकेको देखापर्छ ।

हामी सबैलाई थाहा छ– बलि’दानबिना संसारको कुनै पनि मुलुकमा क्रा’न्ति पूरा हुन सक्दैन । अहिलेसम्म संसारको कुन मुलुकमा क्रा’न्ति भएको छ बलिदानबिना ? त्यस्तै कुन मुलुकमा क्रा’न्ति भएको छ वैचारिक प्रस्टताबिना ? आहुती र आहुतीहरूले ब’लिदानबिना क्रा’न्तिको माग गर्नु रोमान्सवाद हो, बचकनापन हो र वास्तविक रूपमा क्रा’न्तिविरोधी दृष्टिकोण हो । ब’लिदान दिने महान् यो’द्धाहरूलाई रोमन्स भन्ने र अध्ययन गर्ने अथक अध्येताहरूलाई ‘सिद्धान्तको रट लगाउने’ भनेपछि यो दुवै प्रक्रियाबाट टाढा बस्ने क्रा’न्तिकारी, कस्तो प्रकारको ‘राजनीतिककर्मी’ हो ? अनि यो राजनीतिककर्मीले गरेको वैचारिक बहसको ‘कर्म’ को अर्थ के हुने र यस्तो प्रकारको राजनीतिककर्मीले गरेको कर्मबाट कस्तो क्रा’न्तिको फलको अपेक्षा गर्ने ? यो कम्युनिस्ट आन्दोलनको कुरा त गर्ने तर आन्दोलनको मेलोमेसो केही नपाएर कुहिरोको काग हराउने जस्तो भएन त ?

टुपाक अमारुको आलोचना गर्ने अधिकार केवल त्यसलाई छ जसले त्यहाँ भएका कमजोरीहरूलाई सच्याउँदै त्यो ब’लिदानलाई नयाँ उचाइमा उठाउन प्रयत्न गर्छ । उनीहरूले गरेको वीरतापूर्ण का’रबाही, महानतम ब’लिदानी र त्यो क्रा’न्तिकारी सन्देशलाई स्थापित गर्नुपर्छ । केवल आलोचनाका लागि आ’लोचना गर्ने, क्रा’न्तिका लागि आवश्यक ब’लिदानीका वि’रुद्ध घृ’णा पैदा गर्ने र विश्वको क्रा’न्तिका लागि जीवन अर्पण गर्ने महान् ब’लिदानमाथि तुच्छ विवेचना गरेर क्रा’न्तिकारीहरूको प्रतिष्ठामा गन्धा हिलो छ्याप्ने अधिकार कसैलाई पनि हुँदैन ।

यही कुरा बराल र उनका सहपाठीहरूको हकमा पनि सही हो । यद्यपि यो विश्लेषण तमाम वैचारिक विचलनका वि’रुद्ध स’ङ्घर्ष गर्न अपर्याप्त हुन सक्छ तथापि हाम्रो पार्टीभित्र पलायनको रुझान रोक्ने, नेता र कार्यकर्तालाई वैचारिक हति’यारले सुसज्जित गर्ने र क्रा’न्तिकारी आ’न्दोलनका लागि एकताबद्ध गर्ने हाम्रो प्रयत्नले केही काम अवश्य गर्नेछ । प्रस्ट रणनीति र कार्यनीति अब कसैका लागि रहस्यमयी हुनेछैन र कसैका लागि अस्पष्ट पनि हुनेछैन ।

‘वामपन्थी बुद्धिजीवीहरू’ र ‘वामपन्थी राजनीतिककर्मीहरू’ मा देखिने यी प्रवृत्तिहरूले पार्टीभित्र पनि पलायनवादलाई प्रश्रय दिन्छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरू जसले वैचारिक ह’तियारलाई धारिलो पार्न सक्दैनन् निश्चित रूपमा त्यसको परिणाम पलायनको बाटो हुन्छ ।

दृढताका साथ क्रा’न्तिको तयारी गरौँ

हामीले विश्लेषण गर्यौँ, नेपालको दलाल पुँजीवादी सत्ता आफूलाई बलियो बनाउने कोसिस गरिरहेको छ र बलियो हुँदै पनि गइरहेको छ । सम्पूर्ण नेपाली जनतालाई राम्रोसँग जानकारी छ, प्रतिक्रियावादी सत्ता जति बलियो बन्दै जान्छ देश अझ गहिरो सङ्कटमा पर्दै जान्छ । प्रतिक्रियावादी सत्ता बलियो हुनु भनेको देशमा अझ बढी सङ्कट र समस्याहरू बल्झनु हो । देशमा महँगी, भ्रष्टा’चार, गरिबी, चोरी, डकैती, चेलीहरूको बेचबिखन, राजनीतिक पार्टीहरूबीच आपसमा ष’ड्यन्त्र, जालझेल, आफ्ना सहधर्मीप्रतिको अत्या’चार, पार्टीभित्रै काखा र पाखाको व्यवहार, सरकार जनताको हुन नसक्ने र केवल पार्टी र पार्टीभित्र परिवारको हुनु, आपसी अविश्वास, राजनीतिक शक्तिमाथिको एकाधिकार दलाल पुँजीवादी व्यवस्थाका सामाजिक सम्बन्धहरू हुन् । यसप्रकारको सामाजिक सम्बन्ध दलाल पुँजीवादी उत्पादन सम्बन्धले पैदा गरेको हुन्छ । जसरी दलाल पुँजीवाद एकाधिकार पुँजीवादसँगै सडेगलेको, पतनशील, मरणा’सन्न अवस्थामा रहेको हुन्छ त्यसैगरी त्यसको प्रतिनिधित्व गर्ने सामाजिक दलाल पुँजीवादी सरकार, त्यसले पक्षपोषण गर्ने व्यवस्था पनि पनि पतनशील, स’डेगलेको र म’रणोन्मुख भइरहेको छ ।

साम्राज्यवाद र सर्वहारा क्रा’न्तिको वर्तमान युगमा एक्काईसौँ शताब्दीसम्म आइपुग्दा विश्वमा समाजवादको अवस्था निश्चित रूपमा रक्षात्मक छ । तर यो रक्षात्मक अवस्था भनेको भुङ्ग्रोमाथिको चिसो खरानी मात्र हो, सुकेको जङ्गल मात्र हो र चर्कंदै गरेको ज्वालामुखी हो । पुँजीवादी युगअन्तर्गत ल्याइएका संरचनागत विकास र साम्राज्यवादले अपनाएको अन्तर्राष्ट्रियतावादले विश्वमा साम्यवादको भविष्य नजिक हुँदैछ । विश्वक्रा’न्ति क्षितिजमाथि देखा पर्छ । इतिहासमा अन्धराष्ट्रवादको चरम दलदलमा फ’स्ने गरेको साम्राज्यवादले समाजवादी नारा अन्तर्राष्ट्रियतावाद पुँजीवादी लूटका निम्ति उपयोग गरेको भए पनि वास्तवमा यसले विश्व साम्यवादका लागि आधार तयार गरेको छ । के मानव जातिले विकास गरेको सूचना क्रा’न्ति, प्रविधिको विकास, विज्ञानमा भएका नयाँ अनुसन्धान र अन्वेषणले त्यही द्व’न्द्वात्मक भौतिकवादलाई पुष्टि गर्दैन जसले समाजको निरन्तर परिवर्तन आफैँमा अनिवार्य विषय मान्दछ ? माक्र्सवाद–लेनिनवाद–माओवादले अन्वेषण गरेको विषय के हो भने जसरी विज्ञानमा तमाम विषयहरू मेहनतबाट सतहमा आउँछन्, त्यसैगरी जनताको मेहनतले समाजवादी क्रा’न्ति पनि सतहमा आउनेछ । ‘लेनिनले व्याख्या गरेको मजदुर थुप्रिने कारखानाहरू’ अहिलेका बचकाना वामपन्थीहरू उही पुरानो अन्धराष्ट्रवादी पुँजीवादको चरित्रमा खोजिरहेका हुन्छन् । साम्राज्यवादले उपयोग गरेको पुँजीवादी अन्तर्राष्ट्रवादले वित्तीय पुँजीको माध्यमबाट आफ्ना कारखानहरू विश्वका कुनाकुनामा छरेको छ र विश्वको उत्पादक शक्तिलाई उसको उत्पादनका लागि, उसको वितरणका लागि र उसको खपतका लागि साधनका रूपमा प्रयोग गर्ने मेसिनका रूपमा प्रयोग गरेको छ । साम्राज्यवादले बेरोकटोक विश्वको उत्पादक शक्तिको शोषण चाहने तर विश्वभरबाट एकै ठाउँमा थुप्रिन बाध्य पारिएको उत्पादक शक्ति त्यसप्रकारको उत्पादन सम्बन्धका वि’रुद्ध खडा हुने यो प्रक्रियाले नयाँ समाजको गर्भधारण भैरहेको छ र त्यो नयाँ समाज अहिलेको विश्वमा केवल एक देशमा हुने समाजवादी क्रा’न्ति मात्र होइन, विश्वभर उथलपुथल ल्याउने साम्यवाद हुनेछ ।

यसका लागि नेपालको क्रा’न्तिकारी आ’न्दोलनको एकीकरण मात्र होइन, विश्वभरका क्रा’न्तिकारी आ’न्दोलनको एकीकरण आवश्यक हुन्छ । एकीकृत जनक्रा’न्तिको कार्यदिशाका यी रणनीति र कार्यनीतिलाई सबैले दृढताका साथ लागू गर्नुपर्छ र नयाँ भविष्यको बाटोमा अघि बढ्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार