logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विदेशबाट पोखरामा आएका १५ जनालाई क्वारेन्टाइनमा


  • राजनीति न्युज डेक्स
  • बिहिबार, चैत्र १३ २०७६

कोरोना भाइरस नियन्त्रणमा सजगता अपनाउने क्रममा विदेशबाट पोखरामा आएका १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु बंगलादेशबाट नेपालको पूर्वी नाका इटहरी हुँदै पोखरा आएका हुन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबादुर कार्कीका अनुसार हिजो बुधबार पोखरा आएका उनीहरुलाई बुधबार साँझबाटै क्वारेन्टाइनमा राखिएको छ । पोखराको मालेपाटन स्थित कृषि तालिम केन्द्रमा क्वारेन्टाइन बनाइएको छ । उनीहरुलाई १४ दिनसम्म त्यहा राखेर अनुगमन गरिनेछ । यदी कसैमा रुघा खोकी र ज्वरो देखिएमा आइसोलेशन वार्डमा सारिनेछ ।

स्रोत समाधान राष्ट्रिय दैनिक पोखरा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार