logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

कोरोना संक्रमितको उपचारमा खटिएका नर्समा कोरोना संक्रमण


  • राजनीति
  • मंगलबार, असार २ २०७७

पोखरा – कोरोना संक्रमितको उपचारमा खटिएका एक जना नर्समा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा एक हप्ता कोरोना संक्रमितको उपचारमा खटिएर क्वारेण्टाइनमा बसेका नर्समा कोरोना संक्रमण देखिएपछी आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, ‘यहाँ एक साता ड्युटी गरेर १४ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था छ। सोही अनुसार जाँच गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो।’

संक्रमितको सम्पर्कमा आएका चिकित्सकसहित १० जानको रिपोर्ट भने नेगेटिभ आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार