logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

कालिमाटी प्रहरीको नियन्त्रणमा रहेका ४ आ’रोपी हत्कडीसहित फरार


  • राजनीति
  • आइतबार, असोज ४ २०७७

Modern metal handcuffs. Vector illustration in flat style

महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका ४ जना आरोपी प्रहरी कार्यालयबाट भागेका छन् । गएराती सोधपुछका लागि ल्याएका ४ जना आ’रोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।

प्रहरी घेरा तोडेर हत्कडीसहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् । चोरीमा संलग्न रहेको आ’रोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

कालिमाटी प्रहरी वृत्त इन्चार्जको कमाण्ड केही समअघि डिएसपी अपिलराज बोहराले समालेका थिए । यसअघि बोहरा सिंहदरबार वृतको इन्चार्ज हुँदा पनि हिरासतमा साढे ३३ किलो सुनकाण्डका आरोपी प्रेमलाल चौधरीको रहस्यमय मृ’त्यु भएको थियो । त्रिभुवन विमानस्थलस्थित बायुसेवा निगमको जहाजमा लोडरको काम गर्ने चौधरीलाई ०७४ चैतमा पक्रेर सिंहदरबारस्थित प्रहरीको हिरासतमा राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार