राजनीति
Modern metal handcuffs. Vector illustration in flat style
पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना जुवातास खेलिरहेको अवस्थाबाट पक्राउ परेका छन्। हिजो (शनिबार) दिउँसो २ बजे काठमाडौं महानगरपालिका–१५ स्वयम्भू फेमली क्वार्टर नजिकबाट पूर्वराज्यमन्त्रीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूले पाएको गोप्य सूचनाको आधारमा प्रहरीले साइँली तामाङको घरमा छापा मारेको र त्यहाँबाट रायसहित उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। उनीहरूबाट प्रहरीले एक लाख ५३ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ पर्नेमा भोजपुरका ६२ वर्षीय पर्वत भण्डारी, धादिङका ३६ वर्षीय सन्तोष लामा, पूर्वराज्यमन्त्री खोवरी राय, काभ्रेका ४९ वर्षीय उत्तरकुमार लामा, २५ वर्षीय सविन लामा, ५९ वर्षीय धर्मलाल तामाङ, ४४ वर्षीय जीतपुर लामा, २२ वर्षीय विक्रम लामा, ६५ वर्षीय देवेन्द्र श्रेष्ठ र ३३ वर्षीय कान्छा तामाङ छन्।