logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बर्दिवास तनावग्रस्त, झडपमा प्रहरीद्वारा दर्जनाै फायर


  • राजनीति
  • मंगलबार, मंसिर ९ २०७७

महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार गरेर हत्या भएपछि आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। प्रदर्शनकारीले प्रदर्शन स्थलमा निरन्तर ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ।

भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि कति राउन्ड हवाइ फायर भएको एकिन नभइसकेको इलाका प्रहरी कार्यलय वर्दिवासका डीएसपी राजन चापागाइँले जानकारी दिए। प्रदर्शन स्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

आरोपितको घरमा लगाएको आगो अनियन्त्रित

बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।

घरमा लगाएको आगलागी भीषण हुँदै गएको डीएसपी चापागाइँले बताए। घरमा भएको सिलिन्डर पड्किएर आगो अनियन्त्रित्र भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार