logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जेलबाटै ‘माइला’ले ‘बिरही’लाइ पठाएको पाँच लाइनको भावुक पत्र र कोशेली


  • राजनीति
  • शुक्रबार, मंसिर २६ २०७७

खाँदबारी कारागारमा रहेका नेकपाका चर्चित नेता माइला लामाले आफ्नै पार्टीका नेता अनिल शर्मालाई पाच लाइनको पत्र सहित पठाएकाछन ।

अनिल शर्मा गुमाउँदै त्यही जिल्ला पुर्याएको बेला माइला लामाले शर्मालाइ खर्चको जोहो भन्दै २० हजार रूपैयाँ आर्थिक सहयोगका साथमा पत्र पठाएका हुन ।

चर्चित जनवादी कलाकार तथा नेकपा केन्द्रीय सदस्य, उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार जेल चलान गरेपछी केपी ओली-प्रचण्ड नेतृत्व सरकारको व्यापक आलोचना भइरहेको छ । राजनीतिक आस्थाकै कारण जनताका प्रिय कलाकारलाई माइला लामालाई गिरफ्तार गरिएकोमा निन्दा भैरहेको छ ।

लेखक कवि, पत्रकार तथा विप्लव माओवादीका प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीले उपचारको क्रममा रहँदै प्रहरीले अपहरणको शैलीमा विभिन्न जिल्लाका कारागार हुँदै पछिल्लो पटक सोलुखुम्बु, नुवाकोट घुमाएर काभ्रे पुर्याएको र हालसम्म पनि हिरासतमै राख्दा स्वास्थ्य सुरक्षामा गम्भीर नकारात्मक प्रभाव परेको भन्दै समस्या समाधानको लागि राष्ट्रिय मानवअधिकार आयोग, हरिहरभवन, ललितपुरमा उजुर हालेका छन् ।

बैशाख २३ गते लडेपछि शर्माको मेरुदण्ड र देब्रे गोडामा गहिरो चोट लागेर हल न चलको स्थितिमा भरतपुर अस्पतालमा उपचाररत छँदै आकस्मिक कक्षबाट प्रहरीले पक्राउ गरेको थियो । पटक पटक विभिन्न जिल्ला अदालतको आदेशबाट रिहा भएपनि अदालत परिसरबाटै पक्राउ गरेर अड्डासार गराइराखिएका शर्मालाई सर्वोच्च अदालतको आदेशपश्चात् पनि रिहा नगरी हिरासतमै राखिएको छ ।

सर्वोच्च अदालत,नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालय,नेपाल पत्रकार महासंघ र संसदको कानुन,न्याय तथा मानव अधिकार समितिलाई समेत बोधार्थ दिइएको उजुरीमा अनिलले ‘आफू मेरुदण्डसँगै सुगर,प्रेसर,थाइरायडको समेत बिरामी भएकाले नियमित औषधी सेवन,उपचार र रोगमैत्री खानपिन कुनैपनि नागरिकको नैसर्गिक अधिकार भएको,राज्यको नियन्त्रणमा रहेको व्यक्तिलाई निःशुल्क उपचार र उचित खानपिनको प्रबन्ध होओस्’ भनेका छन् ।

उनले भनेका छन् ‘मोरङ्गको बेलबारी इलाका प्रहरी कार्यालयका हवल्दार भक्तिप्रसाद घिमिरेले हिरासतमा रहेकालाई चरम यातना दिने गरेका छन् । उनीहरूमाथि हुने अशिष्ट व्यवहार,यातना तत्काल बन्द गर्न र आपराधिक कार्यमा संलग्नलाई कारबाही गरियोस् ।’ धनुषा र बेलबारीको प्रहरी हिरासतमा रहँदाको प्रत्यक्ष अनुभव उल्लेख गर्दै शर्माले लेखेका छन् ‘त्यहाँका प्रहरी नै लागूपदार्थको व्यापारमा संलग्न छन् । साथै,कैयौंलाई पक्राउ पुर्जी जारी नगरी २१ दिनदेखि २५ दिनसम्म गैरकानुनी तरिकाले हिरासतमा समेत राखिएको छ भने, हिरासतमा रहेकालाई प्रहरीले जातीय विभेद समेत गर्ने गरेको छ’ ।’

शर्माले आफूलाई पुर्याइएका र राखिएका सबै प्रहरी हिरासतमा कुनैपनि सञ्चार माध्यममा पहुँच पुर्याउन नदिएको र पुस्तक अध्ययनमा समेत प्रहरीले प्रतिबन्ध लगाएको व्यहोरा लेखेका छन् ।

यसैबीच,खाँदबारी कारागारमा रहेका माइला लामाले शर्मालाई खर्चको जोहो भन्दै २० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।

माइलाको पत्रमा भनिएको छ ‘वल्लो पल्लो घरमा छौं । वीचमा अग्लो पर्खाल छ,यसैले बोलचाल,भेटघाटको सम्भावना छैन नै । तपाईं त झन् सुगरको बिरामी मान्छे,स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला । हामी सबै ठीक छौं । पक्कै खर्चको समस्या होला । २० हजार पठाएका छौं, सुस्वास्थ्यको कामना ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार