logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मोरक्कोको आत्मघाती गोलले एसियाली मुलुक इरानको पहिलो जित


  • राजनीति
  • शनिबार, असार २ २०७५

मोरक्कोको आत्मघाती गोलले रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शुक्रबार दोस्रो दिनको दोस्रो खेलमा इरान विजयी भएको छ। इन्जुरी समयमा मोरक्कोबाट आत्मघाती गोल भएको हो।

एसियाली मुलुक इरानले पहिलो जित मोरक्कोका अजिज बोहादुजले ९०+४ मिनेटमा आत्मघाती गोल गरेपछि हात पारेको हो। इरानले पाएको फ्रिकिकमा मोरक्कोका अजिजले हेडिङमार्फत आत्मघाती गोल गरेका थिए।

मोरक्कोलाई हराएको इरान समूह बिमा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

मोरक्कोले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकप खेलेयता मोरक्को छनौट भएको थिएन।

यी दुई टिम पाँचौंपटक आमनेसामने भएका हुन्। यसअघिका चार भिडन्तमध्ये तीनमा मोरक्कोले जीत हात पारेको थियो। अन्तिमपटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भने इरानले बाजी मारेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार