logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आम हड्ताल पुर्ण सफल : श्रेष्ठ


  • राजनीति
  • बिहिबार, माघ २२ २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे ।

आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।

आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ। आमहड्ताल गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरिएको छ । यस्तै देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि खुलेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार