logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विद्यार्थी कुट्दा घाइते जि.भि.एन.कलेजकाे आंतक प्रति सर्वत्र विरोध


  • मुक्ति गैरे
  • मंगलबार, चैत्र ३ २०७७

जि.भि.एन.कलेजमा पढाइ भन्दा बढी कुटाइ हुने गरेको रहस्य बहिर आएको छ । एक बिद्यार्थी लाई रगताम्य र नाकबाट रगत बग्ने गरि कुटिएको उक्त विद्यार्थी र अभिभावक बताउछन् । निधारमा दाग नै बस्ने गरि कुटेको समेत देख्न सकिन्छ ।
कलेजमा मोबाइल ल्याएको भन्दै जि.भि.एन. बिद्यालयका डि.आइ. दिपक थापाले कक्षा ११ मा अध्यनरत बिद्यार्थी दिपक के.सि. लाई रगताम्य हुनेगरि कुटेका हुन् ।

पीडित बिद्यार्थीका अनुसार “डि.आइ. सरले मोबाइल कस्ले ल्याको छ .? भनेर सोध्नु भयो अनि करिब १३ जना विद्यार्थीले मोबाइल ल्याएको भेटियो । अनि मलाई किन ल्याएको मोबाइल भनेर सोध्नु भयो मैले भने कि बिहान ४ बजे नै घरबाट कलेजको गाडी भेटाउन आउन पर्ने र बाटोमा अँध्यारो हुने हुदा कलेज आउदा समेत मोबाइल ल्याएको हो भन्दा सरले मलाइ मुक्का र झापडले हान्नु भयो , मलाई कान सुन्न नसक्ने र स्वास नै फेर्न नसक्ने जस्तो भयो र हल्का घाटि दुखेको कारण घाँटी एता उता हल्लाउदा फेरि किन घाँटी हल्लाइस भन्दै आउनु भयो र कुट्न सुरु गर्नु भयो । तर म केही बोलिन । फेरि सर अघाडी जानू भयो र मलाइ हेर्दै आँखा तेर्दै आउनु भयो फेरि कुट्नु भयो । यसरि पटक पटक फर्किदै मलाइ नै पिट्नु भयो

यसरी बिद्यार्थी लाई कुट्नु भएको हो भनेर हामीले उक्त बिद्यालयका डि.आइ दिपक थापालाई प्रश्न गर्दा उनि भन्छन “मैले कुटेको हो ,मोबाइल ल्याको र म सङ अलि उत्तेजित ढ्ङ्गले बोल्दा मैले अलि सम्यमित हुन नसक्दा बडि कुटिएछ तर मेरो नियत हैन । समान्य कुटाइ त गरिन्छ बिद्यार्थीलाई तर आज अलि बढि भएछ ।” क्याम्पसका प्रमुख एबम कोडिनेटर गणेश भण्डारिलाई तपाइको क्याम्पसमा किन यस्तो भएको छ भनेर प्रश्न सोध्दा उनी भन्छन “के गर्न पर्छ म गर्न तयार छु हाम्रो बिद्यार्थी र हजुरहरु लाई तर यो कुरा मिडिमा नल्याउन पर्यो” र अन्य कुरा मिडिमा सङ नगर्ने भन्दै हामि सङ तर्कन्छन ।

पढ्नका लागि बिद्यालय गएका विद्यार्थी बिद्यालयमा सुरक्षित छैनन । अभिभावक पनि आफ्नो बच्चा लाई भोलि केहि गर्ने होकि भन्ने डरले मिडिमा बोल्दा डराएका छन । यसरी बिद्यार्थी र परिवार नै त्रसित हुने वातावरण बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेजमा रहेको देखिन्छ । यसरि विद्यार्थीलाइ कुट्नु अमानवीय ब्यवहार र कानुनको ठाडो उल्लंघन हो । यस बिषयमा समन्धित निकाय चनाखो हुन जरुरि छ ।बिद्यार्थी कुट्ने र रगतमय बनाउने शिक्षक लाई कानुनको दायरामा ल्याउन अत्यन्त जरुरी देखिन्छ । यश घटनाका बारेमा सर्वत्र विरोध भएको छ भने सम्बन्धित निकायहरु वेखबर छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार