logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सकियाे एमाले केन्द्रीय कमिटी बैठक, निर्णय के के भए ?


  • राजनीति
  • शनिबार, चैत्र ७ २०७७

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

यसअघि बसेको केन्द्रीय समिति वैठकले १० औं राष्ट्रिय महाधिवेसन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो । आज बसिरहेको केन्द्रीय समिति बैठकले त्यसलाई महाधिवेसन आयाजक समितिमा परिणत गरेको हो ।हाल एमालेमा २२४ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

ज्ञवालीले महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए ।

यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ ।

यस्तै नेकपा एमालेले समानान्तर गतिविधि गर्दै आएका माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र राम कुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए । उनीहरुमाथि पार्टी हित विरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन पनि गरेको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामको सम्पूर्ण अधिकार पार्टी अध्यक्षलाई दिने पनि बैठकले निर्णय गरेको छ ।
पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय समिति विस्तार नमान्ने बताउँदै आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार