logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

फुट्याे सजपा, कस्काे पक्षमा कति सांसद हेर्नुस् [नामसहित]


  • राजनीति
  • शनिबार, बैशाख १८ २०७८

जनता समाजवादी पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा बहुमत देखिएको छ । अविश्वासको प्रस्तावको पक्षमा १८ जना सांसद देखिएका छन् । विपक्षमा १४ सांसद छन् । सांसदहरुलाई आ आफ्नो पक्षमा तान्ने प्रयास अझै चलिरहेको छ ।

जसपामा अविश्वासको प्रस्तावको पक्षमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई छन् । उनीहरुले पक्षमा बहुमत बनाइसकेका छन् ।

अविश्वासको प्रस्ताव दर्ताका लागि काँग्रेस र माओवादी केन्द्रलाई साथ नदिने पक्षधरमा महन्थ ठाकुर र राजेन्द्र महतो छन् । उनीहरुलाई साथ दिने १४ सांसद छन् ।
कुल ३४ जना जसपा सांसदमध्ये २ जना निलम्बिन छन् । मतदानका लागि योग्य ३२ सांसदमध्ये १८ जना अविश्वासको पक्षधर छन् । उनीहरुको बहुमत छ ।

यसैगरी, १४ वैशाखमा बसेको भनिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमतको हस्ताक्षर छ । उक्त बैठकले लुबिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिने ४ प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । तर, अध्यक्ष ठाकुरले बैठक नै नबसेको जिकिर गरेका छन् ।

उपेन्द्र बाबुराम पक्षधर
उपेन्द्र यादव
बाबुराम भट्टराई
राजेन्द्रप्रसाद श्रेष्ठ
विमल प्रसाद श्रीवास्तव
महेन्द्र राय यादव
मोहम्मद इस्तियाक राइ
डा.सुरेन्द्रकुमार यादव
डा.सुर्यनारायण यादव
लीला देवी सिटौला
प्रदीप यादव
प्रमोद साह
रामबाबु कुमार यादव
रेणु कुमारी यादव
रेनुका गुरुङ्ग
रुही नाझ
उमाशंकर अरगरिया
राम सहाय यादव

कालु देवी विश्वकर्मा

महन्थ ठाकुर पक्षधर
महन्थ ठाकुर
राजेन्द्र महतो
अनिलकुमार झा
अमृता अग्रहरी
चन्दा चौधरी
चन्द्रकान्त चौधरी
दुलारी देवी खंगा
लक्ष्मण लाल कर्ण
नरमाया ढकाल
निर्जला राउत
राजकिशोर यादव
रानी मण्डल
शरतसिंह भण्डारी

इकवाल मिया

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार