logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पर्यटन मन्त्री किरातीलाई पितृ शोक


  • राजनीति
  • बुधबार, भाद्र ६ २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।

उनका ७६ वर्षीय बुबा हर्कबहादुर राईको आज उपचारको क्रममा निधन भएको हो । मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत बुबाको निधन भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, “भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जली !”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार