logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रुसले युद्ध जित्ने छ : किम


  • राजनीति
  • बुधबार, भाद्र २७ २०८०

उत्तर काेरियाका सर्वाेच्च नेता किम जाेङ उल रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन स्वदेश प्रस्थान गरेका छन् ।

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा राष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो रेलमा स्वदेश फर्किएको रुसी समाचार संस्था आरआइए नोवोस्तीले जनाएको छ । उनी राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस गएका थिए ।

वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुमाथि ‘महान विजय’ हासिल गर्ने आश्वासन दिएको रुसी समाचार समितिहरूले जनाएका छन् । उनले रुसी सेनाको प्रशंसा गर्दै युक्रेनविरुद्धको युद्ध जित्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र सद्‌भाव भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै उत्तर कोरियाको समृद्धिको कामना गरेका थिए । उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने प्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार