राजनीति
एसिया कपको फाइनलमा श्रीलंकाकाे लज्जास्पद हार भएको छ श्रीलंका ५० रनमै अलआउट भएको थियाे । भारतका बलरहरू हाबी भएपछि श्रीलंका १५.२ ओभरमा ५० रन बनाएर आलआउट भएको हो।
श्रीलंका काे घरेलु मैदानमा नै साविककाे ६ पटक बिजेता श्रीलंकालाई सस्तै रनमा समेट्न भारतका लागि मोहम्मद सिराज नायक बने। ७ ओभर बलिङ गरेका उनले ६ विकेट लिए। त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए।
सिराजले चौथो ओभरमा ५ विकेट लिएका थिए।श्रीलंकाले पावर प्लेइङको छैटौं ओभरमै ६ विकेट गुमाएको थियो। छैटौं ओभरको समाप्तिमा उसले १३ रन बनाएर ६ विकेट गुमाएको थियो।
श्रीलंकाका कुशल परेरा, सदीरा, चारिथ अशलंका र दसुन शनाका शून्य रनमै आउट भए। श्रीलंकाका लागि कुशल मेन्दासले सर्वाधिक १७ रन बनाएङ्का थिए। दसन हेमन्थाले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।
भारतले जितका लागि ५१ रन बनाउन ६.१ मा ५१ रनकाे लक्ष्य भेटाएकाे थियाे ।