राजनीति
काठमाडौं । नेकपा (एमाले) ले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । सचिवालयको बैठकमा अनेरास्ववियुमा उमेर हद लगाउने एजेण्डा नभएको तर बैठकको अन्तिम समयमा उमेर हदको एजेण्डाले प्रवेश पायो र ३२ वर्षे उमेर हद लगाउने निर्णय भएको ती नेताले बताए ।
ती नेताले भने, “बैठक सकिन लागेको अन्तिम समयमा महासचिव शंकर पोखरेलले अध्यक्षसँग खानेखुसी गर्नु भयो । अनि उमेर हदको कुरा निस्कियो त्यसपछि अध्यक्षले लल भन्नु भयो ।”
आगामी जेठ २४ देखि २७ गतेसम्म अनेरास्ववियुको राष्ट्रिय सम्मेलन हुँदैछ ।