logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पुराना पार्टीले देश बिगारे भनेर घन्टी बजाउँदै आएकाहरूको हालत देखिरहेका छौं : चित्रबहादुर केसी


  • राजनीति
  • आइतबार, असार २९ २०८२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पुराना पार्टीहरूले देश बिगारेर भनेर घन्टी बजाउँदै आएकाहरूको हालत आफूहरूले देखिरहेको बताएका हुन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अदालतबाट पूर्वपक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राजनैतिक प्रतिशोध साधिएको भन्दै पार्टीले उनलाई छुटाउन दबाब स्वरुप हस्ताक्षर अभियान सुरु गरेपछि सांसद केसीले त्यसप्रति टिप्पणी गरेका हुन्

उनले भने, “लोकतन्त्र गणतन्त्र विरोधी दलहरूले त संसद बहिष्कार गर्नु स्वाभाविक कुरा हो। पुराना पार्टीहरूले देश बिगारे, घुस खाए भनेर घन्टी बजाउँदै आएकाहरूको हालत पनि देखिरहेका छौं । गर्दा गर्दा चाहिँ हस्ताक्षर अभियानको चलिरहेछ देश भरि, अब हस्ताक्षर अभियान किन चल्यारे भन्दा अर्बौं सहकारीको रकम हिनामिना गरेको होइन। धारीहरूले लगाएको आरोप भनेर चलाएको अभियान हेर्नुस् त ।”

संसदमा सांसद केसीले यस्तो भनिरहँदा पुराना पार्टीहरु चोखो छन् भन्ने आफ्नो जिकिर नरहेको स्पष्ट पारे । मुलुकमा लोकतन्त्र र गणतन्त्र सिद्धियो भने अनिष्ट हुने उनको भनाइ रहेको छ ।

“पुराना पार्टीहरूले जतिसुकै बदमासी गरे पनि चोखा छन् भनिएको होइन । त्यो किन भनिएको हो भने उनीहरूको बारेमा थाहा पाइपाइ पनि त्यो २० सिटको मायाले उनीहरूसँग २० सिट छ । उनीहरूले जस्तोसुकै कुकर्म गरेपनि २० सिटका मायाले सत्तादारीहरूले बदमासी गरेका हुन् । लोकतन्त्र गणतन्त्र सिद्धियो भने मुलुकमा ठूलो अनिष्ट हुनेछ,” केसीले भने

समयमा ७५ वर्षदेखिको भूमि छोडेका छोडेर प्यालेस्टाइनी जनताहरूले जसरी ठूला शक्तिहरू विरुद्ध लड्नु परिरहेको र मर्नु परिरहेको छ त्यसरी नै नेपाललाई पनि गाँजाको स्थितिमा पुर्‍याउन खोजिएकोले अहिले नै सावधानी अपनाउनुपर्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार