राजनीति
पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा पोखरा महानगरपालिकाको सहयोगमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । बुधबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले किसान बजारले किसानलाई हौसला प्रदान गर्दै बिचौलियालाई निरुत्साहित गर्ने बताए ।
महानगरपालिकाको सहयोगमा बिरौटामा कृषि बजार सञ्चालनमा आइसकेको छ भने अन्य पाँच ठाउँमा पनि कृषि बजार निर्माण गर्ने योजना महानगरपालिकाले बनाएको छ ।