logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पाल्पा: ससुराली आएका श्रीमान कुमालको ढुङ्गा प्रहार गरी हत्या


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

पाल्पामा श्रीमतीले श्रीमानको ढुङ्गा प्रहार गरी हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा आज ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पुर्‍याए पछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिएका छन । अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो । मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार