logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

२१ वर्ष प्रयास गर्दा पनि मलाइकालाई मनाउन सकिनँः अरबाज


  • राजनीति
  • आइतबार, बैशाख २९ २०७६

बलिउड अभिनेता तथा निर्देशक अरबाज खान र उनकी पत्नी मलाइका अरोडाको सम्बन्धविच्छेद मे २०१७ मा भयो । मिडियाहरुका अनुसार त्यतिबेला यो सम्बन्धविच्छेद मलाइकाको अर्जुन कपुरसँग सम्बन्ध बढ्दै गएकाले भएको थियो । यसबारे यी दुवैले मिडियामा खासै बोलेका थिएनन् ।

तर, केहीअघि भारतीय टिभी जुममा अरबाजले यसबारे बोलेका छन् । उनले त्यो कार्यक्रममा मानिस सधैं केही बढी पाउने कोसिस गरिरहेको हुने र पूर्णता चाहने बताए । र, यसका लागि सधैं मेहनेत गर्नुपर्ने उनको तर्क थियो । उनले कुनै पनि व्यक्तिले सम्बन्ध राम्रो राख्न पनि मेहनेत गर्नु पर्ने बताए । यसका लागि आफूले २१ वर्ष प्रयास गरेको तर आफू सफल नभएको उनको तर्क थियो ।

अरबाज र मलाइका सन् १९९८ मा विवाह बन्धनमा बाँधिएका थिए । केही दिनयता आएका भारतीय मिडियाका रिपोर्टका अनुसार मलाइकाले अब छिट्टै अर्जुन कपुरसँग विवाह गर्दै छिन् । अरबाज पनि अहिले इटालियन मोडल जर्जिया एन्ड्रियानीलाई डेट गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार