logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यि ब्याक्तिकाे माेटरसाइकलले ठक्कर दिएकाे थियाे हिसिलालाइ


  • राजनीति
  • मंगलबार, भाद्र २४ २०७६

समाजवादी पार्टीकी नेतृ तथा पुर्व मन्त्री हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छन् । यमी स्कुटर दुर्घटनामा परेर अस्पताल भर्ना भएकी थिइन् ।

आइतबार दिउँसो पार्टी कार्यालय जाने क्रममा ललितपुरको ग्वार्कोमा यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेको र तत्कालै विएण्डबी अस्पताल भर्ना गरिएको यमीकी छोरी मानुषीले बताइन् ।

मानुषीका अनुसार हिसिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाहिरी चोट देखिएको छैन । हिसिला सवार स्कुटर उनकै सहयोगी एक युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । तर ट्राफिक प्रहरीले यमीलाई ठक्कर दिने मोटरसाइकलको नम्बर खुलाउन चाहेको छैन ।

यसैबीच समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलासहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर स्वास्थ्यलाभको कामना गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार