logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बाबुरामकाे नाउ, ‘नियमित हात धोऔं’ !


  • राजनीति
  • बिहिबार, चैत्र ६ २०७६

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसबारे जनचेतनाका लागि ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेका छन् । बुधरबार साझ ६ बजे उनले ट्वीटरमा आफ्नो नामको ठाउँमा ‘नियमित हात धोऔं/ आफ्नो हात धोऊ’भनेर राखेका छन् ।

नाम परिवर्तन गरेर कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल गरेको उनको भनाइ छ । ट्वीटरमा समाजवादी पार्टीका परिषद अध्यक्षसमेत रहेका डा. भट्टरार्ईका ११ लाखबढीे फ्लोअर्स छन् ।

भट्टराईले ट्वीटर लेखेका छन्, ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं /आफ्नो हात धोऊ) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’

विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख नाघेको छ । बुधबार साँझसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख ४ हजार ७९ जना पुगेको छ ।

नेपाल सरकारले शैक्षिक संस्थाका बन्द गर्नुका साथै सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।

हेर्नुस् ट्विट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार