logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अनिद्रा के हो, कसरी बच्ने ?


  • राजनीति
  • सोमबार, मंसिर २९ २०७७

अनिन्द्रा एक निन्द्रासँग जोडिएको समस्या हो जसबाट विश्वभर लाखौ लाख मानिसहरु प्रभावित भएका छन् । अनिन्द्राको प्रभाव धेरै ठुलो हुन सक्छ । यसले कुनै पनि उमेरका व्यक्तिलाई प्रभावित पार्न सक्छ । यो वयस्क पुरुषको तुलनामा वयस्क महिलाहरुमा धेरै हुने गर्छ ।

अनिन्द्राले विकार र कामको प्रदर्शनलाई काम गराइदिन्छ । अनिन्द्राले सामान्यतया दिनको समयमा निन्द्रा, सुस्त तथा मानसिक वा शारीरिक रुपबाट बिरामी हुने सामान्य अनुभुति बढाउछ । मनोस्थितिमा हुने बदलाब, चिडचिडापन र चिन्ता यसको सामान्य लक्षणसँग जोडिएका छन् ।

अनिन्द्रालाई तीन प्रकारमा बाँडिएको छ ।

अस्थायी अनिन्द्राः यसमा एक देखी तीन रातसम्म रहन्छ ।

एक्युट अनिन्द्राः यसलाई अल्पकालिन अनिन्द्रा पनि भनिन्छ । यसमा केही हप्तासम्म जारी रहन्छ ।

क्रोनिक अनिन्द्राः यसमा सामान्यतया महिनौ र वर्षौसम्म पनि रहन्छ ।

राम्रो गहिरो निन्द्राको लागि घरेलु तथा आयुर्वेदिक उपाय

निन्द्रा महर्षि आयुर्वेदको मौलिक आधार र स्तम्भ मध्ये एक हो । निन्द्रा मानिसको शरीरलाई स्वस्थ तथा सन्तुलित बनाइराख्नलाई निकै महत्वपुर्ण हुन्छ । एक राम्रो र गहिरो निन्द्राले तनावबाट राहत दिनुको साथै जीवन शक्ति बनाईराख्न पनि मद्दत गर्दछ । जब एक मानिस राम्रो र गहिरो निन्द्रा लिन्छ तब उनको शरीरका टिसुहरु फेरी जीवन्त हुन्छन् । उचित निन्द्रा मानिसको शरीर र मस्तिष्क दुवैलाई आराम दिन धेरै आवश्यक हो । तर, अनिन्द्रा आजको समयमा एक आम समस्या बनेको छ ।

निन्द्रा लाग्ने घरेलु उपायको बारेमा आज हामी चर्चा गरौ जसबाट तपाइँलाई एक राम्रो र गहिरो निन्द्राको आनन्द लिन सक्नुहुनेछ ।

राम्रो निन्द्रा लाग्ने टिप्सहरुः

कैफिन वा चीनीको सेवनबाट बच्ने
तातो दुधको साथमा जाइफल हालेर सेवन गर्ने
तोरीको तेलले मालिस गर्ने
इलेक्ट्रोनिक उपकरणबाट टाढा हुने
निन्द्रा लाग्ने उपाय हो ध्यान
राम्रो निन्द्रा लाग्ने उपाय हो योग
राम्रो निन्द्राको उपाय हो स्वस्थ आहार
गहिरो निन्द्राको उपाय हो जडिबुटिको सेवन
नियमित दिनचर्याको पालन गर्ने, नियमित तालिका अनुसार काम गर्ने
राम्रो निन्द्रा आउनको लागि घरेलु उपायहरु

स्याउ सेवन गर्ने
वेलेरियनको जरा
राम्रो निन्द्रा ल्याउन मेथीको जुसको सेवन
तातो पानी सेवन
नियमित केरा सेवन
जाइफलको प्रयोग
जीरा उमालेर खाने
तातो पानीले नुहाउँने
केसरको प्रयोग

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार