logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

धोकेबाजहरू बस्ने शहरको सूची सार्वजनिक, हेर्नुस् कुन कुन हुन ?


  • एजेन्सी
  • बिहिबार, भाद्र १९ २०७६

श्रीमान्–श्रीमती र प्रेमी–प्रेमिकाले एकअर्कालाई धोका दिएर अर्कैसँग सम्बन्ध राख्ने प्रचलन युरोपका शहरका निम्ति ठूलो कुरा होइन। बेलायतको मोबाइल नेटवर्क अपरेटर कम्पनी ‘आईडी मोबाइल’ले हालसालै गरेको नयाँ सर्वेक्षणले संयुक्त अधिराज्यका धोकेबाजहरूको शहरको सूची सार्वजनिक गरेको छ। सूचीअनुसार लन्डन, बर्मिङ्गम र योर्क सबैभन्दा धेरै धोका दिनेको शहर भएका छन्। यी तीनै शहरमा सर्वेक्षणका सहभागीमध्ये १६ प्रतिशतले आफ्नो वर्तमान पार्टनरलाई धोका दिइरहेको बताएका छन्। यूकेका प्रमुख १० धोकेबाजहरूको शहरको सूचीमा सेफिल्ड, नर्विच, बेलफास्ट, लिभरपुल, साउथ्याम्पटन, कार्डिफ र म्यानचेस्टर पनि सामेल छन्।

सर्वेक्षणमा सहभागीमध्ये १० जनामा एक जनाले आफ्नो पार्टनरलाई धोका दिइरहेको बताएका थिए। त्यसै गरी, २० जनामा एक जनाले आफू पार्टनरप्रति भन्दा बढी मोबाइल फोन नेटवर्कप्रति बफादार रहेको बताएका थिए।

दम्पती वा प्रेमी–प्रेमिका हुँदाहुँदै अर्काेसँग सल्किएर धोका दिनुका कारण के–के हुन् त भनेर सर्वेक्षणले खोजी गरेको थियो। जसअनुसार वर्तमान सम्बन्धमा दिक्क हुनु, पार्टनरबाट उपेक्षित हुनु, पर्याप्त प्रेम नपाउनु आदि कारण थिए। केहीले त रक्सीको नशामा अर्काे पुरुष वा महिलासँग शारीरिक सम्पर्क कायम गरेर आफ्नो पार्टनरलाई धोका दिएको पनि बताएका थिए। केहीले भने अर्केसँग प्रेममा परेका कारण आफ्नो मायालु वा दम्पतीलाई धोका दिन बाध्य भएको बयान दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार