logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अमेरिकी दुतावासमाथी रकेट आक्रमण, क्षतिकाे एकिन हुन बाकी


  • एजेन्सी
  • मंगलबार, माघ १४ २०७६

इराकको बगदादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण भएको छ । अति सुरक्षित मानिने दूतावास भएको स्थल ग्रिनजोनमा आइतबार राति रकेट आक्रमण भएको थियो ।

ग्रिन जोनमा पाँचवटा रकेट आक्रमण गरिएकोमा तीनवटा रकेट दूतावासमा ठोक्किएको बताइएको छ । आक्रमणबाट मानवीय क्षति भएको विवरण छैन । यससँगै अमेरिकी दूतावासमा एकै महिनामा तेस्रो हमला हो ।

इराकी कामचलाउ प्रधानमन्त्री अदेल अब्दुल महदीले विज्ञप्ति जारी गर्दै यस घटनालाई आक्रोसको संज्ञा दिएका छन् । साथै यस्तो घटनाले इराकलाई युद्ध मैदानमा बदल्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले भने आफ्नो दूतावासको रक्षा गर्न इराकलाई आग्रह गरेको छ । ‘हामी इराकी सरकारलाई आग्रह गर्छौँ कि, उसले हाम्रो कुटनीतिक सुविधा पूरा गरी आफ्नो दायित्व पूरा गरोस् ।’

अमेरिकाविरुद्ध प्रदर्शन गर्दैआएका इरानी मिलिसियाले भने आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएका छन् । इराकको बगदादमा यसअघि पनि रकेट हमला भएको थियो । ती हमलामा इरानी पक्षको संलग्नता भएको बताइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार