logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चीनको नियन्त्रणमा रहेका कर्णेल सहित १० भारतीय सैनिक रिहा


  • राजनीति
  • शुक्रबार, असार ५ २०७७

पोखरा – चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको छ ।

सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा सोमबार राती भएको झडपका क्रममा कर्णेल सहित आफ्नो नियन्त्रणमा रहेका १० सैनिकलाई चीनले बिहिवार साँझ मुक्त गरेको भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएको छ ।

दुई देश बीच सीमा क्षेत्रको विषयलाई लिएर भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए ।यस्तै झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ।

यसमा चीन तर्फ कति खति भयो भन्ने बारे चीन सरकारले खुलाएको छैन ।

सीमामा झडप हुनुमा दुवै देशले एकअर्कालाई दाेष दिइरहेका छन्। चीनले भारतीय सेनाले सीमकाे वास्तविक नियन्त्रण रेखा नाघेर आफ्नो भूमितर्फ आएर झडप गरेकाे दाबी गरेकाे छ भने भारतले पनि चिनियाँ सैनिकले सहमति उल्लंघन गरेको आरोप लगाइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार