logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ट्रम्प दम्पतिलाइ काेराेना देखिएपछि किमकाे यस्तो प्रतिक्रिया


  • राजनीति
  • शनिबार, असोज १७ २०७७

कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । अहिले ७४ बर्ष पुगेका राष्ट्रपति ट्रम्प र ५० बर्षिया उनकी पत्नी मेलानिया शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्वदेशी नेता बाहेक अन्य देशका पनि दर्जनौ नेताहरुले उनलाई सिघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् ।उनीहरु मध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिबार पठाएको सन्देशलाई महत्वका साथ हेरिएको छ ।

“उहाँहरुलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,” किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख गरिएको छ । लामो समयदेखि एक अर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शिर्ष नेताद्धय ट्रम्प र किमबीच पटक पटक शिखर वार्ता भएका थिए । त्यसैले पनि उनीहरुले एक अर्काप्रति विषेश निकटता प्रदर्शन गर्ने गरेको बताइन्छ । यसअघि किम अस्वस्थ भएको खवर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार