logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यी हुन उत्तर काेरीयाली सर्वाेच्च नेता किमकी पत्नी


  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक भएको सरकारी सञ्चार माध्यमले बुधबार जनाएको छ ।

किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पुर्व नेता किम जोंग इलको जन्मदिन मनाउने क्रममा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो पतिसँग री सोल जु सहभागी भएकी हुन् ।

महत्वपुर्ण कार्यक्रमहरूमा मात्र पति किमसँग उपस्थित हुने गरेकी री गत वर्षको जनवरीयता कुनै पनि कार्यक्रममा देखिएकी थिइनन् । उनको सावर्जनिकस्थलमा रहेको लामो अनुपस्थितिलाई उनको अस्वस्थता वा गर्भाधारणसँग जोडेर हेरिँदै आएको थियो ।

यसैबीच, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले मंगलबार विधायकहरूलाई री कोभिड–१९ महामारीको कारण सार्वजनिकस्थलमा देखा नपरेको तथा उनी आफ्ना सन्तानहरूसँग समय बिताउँदै आएको हुनुपर्ने बताएको छ ।

उत्तर कोरियाले अहिलेसम्म कुनै पनि व्यक्ति कोरोना भाइरस संक्रमण भएको घोषणा गरेको छैन । तर, स्वास्थ विशेषज्ञहरू भने यसलाई अस्वाभाविक परिस्थितिको संज्ञा दिइरहेका छन् ।

उत्तर कोरियाली सञ्चार निकाय रोदोंग सिन्मुनले मंगलबार किम दम्पतीलाई मान्सुदाए आर्ट थियटरमा भव्य स्वागत गरिएको जनाएको छ ।

सार्वजनिक भएका तस्वीरहरूमा किम दम्पती हाँस्दै गरेको तथा तिनीहरूले कुनै मास्क नलगाएको र सामाजिक दुरीको नियम पनि पालना नगरेको देखिन्छ । री प्रतिष्ठित परिवारको सदस्य हुन् ।

उनका पिता प्राध्यापक र माता प्रसँति चिकित्सक रहेका छन् । ३१ वर्ष उमेरकी बताइएकी री विगतमा उत्तर कोरियाकै अत्यन्तै प्रतिष्ठित सांगीतिक टोली ‘उन्हासु आकेस्ट्रा’की सदस्य थिइन् । सन् २००८ मा किम जोंग इलको मष्तिस्कघात भएपछि हतार हतारमा सन् २००९ मा उनको किमसँग विवाह गराइएको थियो ।

दक्षिण कोरियाली गुप्तचर सेवाका अनुसार तिनीहरूका तीनजना सन्तान छन् ।सो सांगीतिक कार्यक्रममा भाग लिनुअघि किम आफ्ना पिता र हजुरबुबा किम इल सुङका पार्थिव शरीर राखिएको कुमुसान प्यालेस अफ दि सनमा पनि पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार