logo बिहिबार, असोज ८ २०८३ | Thursday 24th September 2026

पुटिनको पार्टीलाई फेरि दुईतिहाइ


  • राजनीति
  • मंगलबार, असोज ६ २०८३

रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ले दुईतिहाइभन्दा बढी बहुमत प्राप्त गरेको छ । अन्तिम नतिजाअनुसार युनाइटेड रसियाले ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’मा ३५५ सिट जितेको छ।

युनाइटेड रसियाले सन् २०२१ को निर्वाचनको तुलनामा आफ्नो मत प्रतिशत उल्लेख्य रूपमा बढाएको छ । कम्युनिस्ट पार्टीले ४० सिट जितेको छ । राष्ट्रवादी एलडीपीआरले २५ तथा ‘न्यू पिपुल’ पार्टीले २० सिट प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार