logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

उत्तर दिशामा शिर र पूर्वी दिशामा खुट्टा पारेर सुत्न हुँदैन किन ? कारण यस्तो छ


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

तपाईले अग्रजहरुबाट वा कतै पढ्नु वा सुन्नस भएको होला सुत्ने समयमा शिर कुन दिशामा पार्नु पर्छ भन्ने ।वास्तु शास्त्र अनुसार उत्तर दिशामा खुट्टा र दक्षिण दिशामा शिर गरेर सुत्नु सवैभन्दा उचित मानिन्छ । तर केही मानिस यसलाई अन्धविश्वासका रुपमा हेर्छन् । तर वास्तवमा यसको पछाडि बैज्ञानिक कारण तथा स्वास्थयसम्बन्धी कारण रहेको छ ।

थाहा पाउनुस् यसको बैज्ञानिक कारणमानव शरीरमा शिर सकारात्मक ऊर्जा को प्रवाह गर्छ र यसलाई चुम्बकीय उत्तर मान्छि । यस्तोमा यदी हामी उत्तर तर्फ शिर गरेर सुत्छौं भने उत्तर दिशाको सकारात्मक ऊर्जा आपसमा प्रतिरोध गर्छन् । जसरी चुम्बकका समान ध्रुब एक आपसमा जोडिनुको सटा एकले अर्कालाई धकेल्छन् ।यस्तोस्थिति मा जब हामी उत्तर तर्फ शिर गरेर सुत्छौं तब हाम्रो निन्द्रामा समस्या आउँछ । जसका कारण राम्रो सँग निदाउन सकिदैन । यस्तोमा हाम्रो हात, खुट्टाका पीडा महसुस हुन्छ ।यसै कारण उत्तर दिशामा शिर बनाए सुत्दा बिरामी पर्ने सम्भावना बढी हुन्छ ।जबकि यसको विपरीत उत्तरतर्फ खुट्टा पारेर दक्षिण दिशामा शिर गरेर सुत्दा हाम्रो सिरबाट सकारात्मक ऊर्जा को प्रवाह सही हुन्छ । र हामीलाई निन्द्रा राम्रोसँग आउँछ । यस्तोमा विहान उठ्दा हाम्रो टाउँको हल्का तथा शान्त समेत हुन्छ भने दिनभरको तनावसमेत कम हुन्छ ।

यसको पछाडि पनि पौराणिक मान्यता छ । जस अनुसार एक पटक जब भगवती पार्वती नुहाइ रहेकी थिइन् तब उनका पुत्र गणेश ढोकामा पालेको रुपमा उभिएका थिए । तब कोही भित्र जान पाएनन् । जब भगवान शिव आए तव गणेशले उनलाई पनि भित्र जानबाट रोके । जसका कारण भगवान शिव रिसाए ।

उनले आफ्नो पुत्र गणेशको शिर काटिदिए । जब पार्वतीले गणेशलाई पुन जिवित गर्न आग्रह गरिन् त्यस समय शिवले आफ्ना दूतलाई त्यस्ता मान्छेको सिर काटेर ल्याउन आदेश दिए जो उत्तर दिसामा शिर गरेर सुतिरहेको हुनेछ ।त्यस सयमा मानवहरु सवै शास्त्रमा बर्णन गरिए अनुसार नै सुत्थे जसका कारण दूतले पृथ्वीमा कुनै यस्तो मानिस भेटेनन् जो उत्तर तिर सिरानी गरेर सुतोस् ।यस्तोमा दूतहरुले उत्तर दिशामा सिर गरेर सुतेको एक हात्ती भेटे र त्यसकै शिर हिमालय पर्वत लगे ।त्यसपछि भगवान गणेशको जीउमा हात्तीको टाउँको जोडियो ।

तसर्थ हिन्दू धर्म शास्त्र अनुसार उत्तर दिशा तर्फ खुट्टा फर्काएर सुत्दा भगवान शिव प्रशन्न हुनेछन् ।शास्त्रमा दक्षिणलाई यमराजको दिशा मानिएको छ । र यस्तो धार्मिक व्यख्या छ की दक्षिण दिशामा खुट्टा गरेर सुत्दा हाम्रो उमेर कम हुन्छ ।यसको अलावा पूर्व दिशा तर्फ खुट्टा गरि सुत्नुलाई पनि राम्रो मानिदैन किनकी पूर्व भगवान सूर्यको दिशाहो । जसका कारण हाम्रो जीवनमा कयौं प्रकारका समस्या आउँछन् ।सबल पोष्ट बाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार