राजनीति
लामो समयको बिवाद छलफल र कोशीस पछि जिल्ला तह सम्म एकता घोषणा गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा अझै केहि हिसाबकिताव बाकी रहेको प्रष्ट देखिन्छ । मुख्य शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको भनीको थियो । तर हिजो प्रज्ञा भवनमा कार्यक्रम हुदै गर्दै केहि दृश्यले केहि मिल्न बाकी रहेको संकेत गरेको छ। बाहिर आए जस्तै बुझ्ने हो भने पछिल्लो भागबन्डाले बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । बिगतमा एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएनैसकेको छ ।
नेकपा सोमबार पार्टी एकीकरणपछि पदिय मर्यादा नमिल्दो भएको भन्दै जिम्मेवारीमा नबस्ने घोषणा गर्न थालेका छन । हिजो घोषणा हुनु अगाडी नै काठमाडौ सचिवको जिम्मेवारी पाएका हिमाल शर्माले आफु त्यो जिम्मेवारीमा रहन अनिच्छुक रहेको कुरा सामाजिक सँजालमा लेखेका थिए । त्यस्तै आज रुपन्देहीको जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पद नलिने बताएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका न्यौपाने प्रदेश नम्बर ५ को अर्थ, उद्योग, पर्यटन समितिका सभापति समेत हुन् ।
सोमबार घोषणा भएको जिल्ला कमिटीमा उनी सचिव पदमा ‘घटुवा’ भएका थिए । सोमबार घोषणा गर्दा पार्टीले रुपन्देहीको अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदी र सचिवमा न्यौपानेको नाम सार्वजनिक भएको थियो ।
पूर्व माओवादीको सर्वसम्मत नाम सिफारिस भएका व्यक्तिलाई जिल्ला सचिव बनाउनका लागि आफूले आग्रह गरेको पनि न्यौपानेले बताए ।