logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

दशैंको मुखमा रविलाई थुन्ने सरकारी वकिलको तयारी, पूर्वपत्नी नेपाल आउने संभावना


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

पत्रकार शालिकराम पुडासैनीलाई आत्मह’त्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि सुनुवाई हुने भएको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई गर्ने भएको हो।

पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्। तीनै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले गत सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो।

उक्त रिटमाथि मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको थियो।

यता रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने नेपाल आउँने चर्चा चल्न थालेको छ । उनी असोजको दोस्रो हप्ताभित्र नेपाल आउने भन्दै मिडियामा समाचार आएको छ । उनले भने आउने दिनबारे केही खुलाएकी छैनन् । आउने दिनको खुलासा भएमा मिडिया पछि लाग्न सक्ने भन्दै उनले आउने दिन गोप्य राखेको समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा रहेकी दुई छोरीलाई भने इशाले नल्याउने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार