logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ज’नयु’द्धको बि’भ’त्स घटना : नां’गै बनाएर कुकुर द्धारा ब’ला’त्का’र कसले गरायो ?


  • पत्रपत्रिका
  • बुधबार, कार्तिक ६ २०७६

दाङको घोराहीमा सोमबार ‘द्व’न्द्वपी’डित साझा चौतारी’ ले आयोजना गरेको ‘स’त्यको बयान’ कार्यक्रममा यौ’न हिं’सापी’डित एक युव’तीको भनाइ सुन्दै सहभागी । पी’डित युव’तीको पहिचान गो’प्य राख्नका लागि उनलाई अर्कै कोठामा राखेर स्पिकरबाट आवाज मात्रै सुन्ने व्यवस्था मिलाइएको थियो ।

‘मेरो जी’उडा’ल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वे’दनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पी’डा अर्कै छ, त्यो देख्ने कोही छैन ।’

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्व’न्द्व’का पी’डितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्व’न्द्वपी’डित साझा चौतारी’ ले आयोजना गरेको भेलामा आफ्नो पी’डा सुनाउँदै थिइन्– सशस्त्र द्व’न्द्व’का’लमा यौ”न हिं’सामा परेकी एक यु’वती । गोप’नीयता भं’ग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरूका आँखा रसाउँदै गए ।

उनी भनिरहेकी थिइन्, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु, न धर्तीमा हिँड्न । मजस्तै अरू पनि धेरै दिदीबहिनीको इ’ज्ज’त लुटि’एको छ । तर उनीहरू खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहरूले जानून् के भएको थियो नेपालका महिलामाथि ।’

बर्दियामा जन्मेहुर्केकी यी यु’वती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालीन विद्रोही मा’ओ’वा’दीमा लागेकी थिइन् । घरमा मा’ओवा’दीलाई खुवा’एको र सु’ताएको निहुँमा से’नाले उनका बाबुलाई पक्राउ गरेको थियो । रातिराति खा’नत’लासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने ड’रले उनी पनि मा’ओवा’दीमा लागिन् । नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँ हिँडिन् । त्यही क्रममा २०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।

‘अरू साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरूले लछार्दै हामीलाई घरबाट निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध भयो ।

‘ती सैनिकले हामीलाई पि’ट्दै र ल’छारप’छार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर नि’र्व’स्त्र बनाए । अरू बहिनीहरू मभन्दा साना थिए,’ उनले रुँदै कारु’णिक बयान गरिन्, ‘नां’गै बनाएर म’माथि दुइटा कुकुर छाडिदिए । अनि मेरो इ’ज्ज’त कुकुरबाट लु’ट्’न लगाए ।’

कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू म’रेतुल्य हुनुपरेको उनले सुनाइन् । ‘अचेल म बाटामा कुकुर देख्दा ब’हुलाइजस्तो हुन्छु । ड’रले काँप्छु,’ उनले भनिन् ।

उनले सैनिकहरूबाट आफूमाथि अरू पनि धेरै पाशविक व्यवहार भएको सुनाइन् । ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन,’ उनले भनिन्, ‘कुकुरबाट इ’ज्ज’त लुटाएपछि ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कु’ट’पिट र ब’लात्का’रका कारण कपडामै दिसा चुहिएको थियो । हि’रा’सतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए । पछि धुनै नदिई त्यही हातले भात खान लगाए ।’

ब्या’रेकमा र’जस्व’ला भएपछि आफ्नो झोलामा भएको कपडाको टालो माग्दा ब’न्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गु’प्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि पनि उनीहरूले ममाथि नराम्रो व्यवहार गरे,’ उनले भनिन्, ‘आज म बाँचेर पनि जिउँदो ला’सझैं भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएका छन् ।’

त्यसको पाँच वर्षपछि मात्रै आफूले केही उपचार गर्न पाएको उनले बताइन् । ‘मेरो पाठेघर च्या’तिएको छ, डाक्टरले बच्चा नपाउनु नै जाती हुन्छ भनेका थिए,’ उनले सुनाइन्, ‘तर हामी श्रीमान्–श्रीमतीले जति दु:ख सहनुपरे पनि बच्चा पाउने निर्णय गर्‍यौं । मेरो छोराको आँखामा जन्मिँदै मासुको डल्लो पलाएको छ । यो पी’डा म मनमा कति मात्रै राखिरहुँ ?’

‘या’तनाको नयाँ ढाँचा’
विज्ञहरूले ती युव’तीमाथि कुकुरद्वारा ब’ला’त्का’र गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्व’न्द्व’कालमा भएको या’तनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन् । ‘धेरै पहिले ल्याटिन अमेरिकामा शत्रु पक्षका युव’तीलाई क’ब्जा’मा लिएर ब’लात्कार’का लागि तालिम गराइएका कुकुरहरू प्रयोग गरिन्थे,’ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले भने, ‘नेपालमा यस्तो सुनेको थिइनँ । साँचो हो भने यो गम्भीर अप’राध हो । यसको अनुसन्धान हुनुपर्छ ।’

पी’डित युवतीको शरीरको फरेन्सिक जाँच हुनुपर्ने र फरेन्सिक मनोविद्बाट मनोविश्लेषण हुनुपर्ने वस्तीले बताए । ‘दु:खको कुरा, हामीकहाँ फरेन्सिक साइकोलोजिस्ट छैनन्,’ उनले भने, ‘कुकुर देख्दा विक्षिप्त हुने उनको मनोदशाको विश्लेषण गर्न यस्ता विशेषज्ञ चाहिन्छन् ।’

शत्रु पक्षलाई क’ब्जामा लिएर कुकुरमार्फत ब’लात्का’र गराउने र अन्य अमानवीय हर्कत गर्ने कामलाई जेनेभा सन्धिले युद्ध अपराध मानेको छ । ‘कुकुरबाट ब’ला’त्का’र गराइएको घटना पीडितले बाहिर ल्याइसकेपछि छानबिन हुनु अपरिहार्य छ,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘तालिम नदिई जनावरले मान्छेमाथि ब’ला’त्का’र गर्दैन । यस घटनाले सेनाभित्र बला’त्कार’का लागि कुकुरहरू तालिम प्राप्त थिए भन्ने संकेत गर्छ ।’

‘पक्राउ गरेपछि कुकुर लगाएर ब’ला’त्का’र गराउनु घृ’णित हो। यसको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले भने, ‘सरकारले अविलम्ब पी’डितको बयान सुनोस् र छानबिन अघि बढाओस् ।’

द्व’न्द्व’कालका घटना छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले काम नगरेपछि पी’डित आफैंले आफूमाथि भएका अत्या’चा’रको अभिलेख राख्ने अभियान थालेका छन् ।

त्यही अभियानका क्रममा ती पी’डित युवतीले सोमबार दाङमा आफ्ना भोगाइ सार्वजनिक गरेकी हुन् । ‘बयान’ का क्रममा उनले अरू धेरै यु’वतीमाथि आफूलाई जस्तै पा’शविक ब’ला’त्कार गरिएको तर ला’ज, ग्लानि र ड’रले कसैले मुख खोल्न नसकेको बताइन् । ‘यो अमा’नवी’य व्य’वहार संसारले थाहा पाउनुपर्छ भनेर मैले मुख खोलेकी हुँ,’ उनले भनिन्, ‘हामीमाथि यस्तो पनि भएको थियो भनेर अभिलेख होस् ।’

राज्य र विद्रोही दुवै पक्षका पीडितहरूको साझा संगठन ‘द्वन्द्व’पी’डित साझा चौतारी’ ले सुरु गरेको अभियान ‘सत्यको बयान’ मा सरकार र तत्कालीन विद्रोही पक्ष दुवै थरीबाट घा’इते, अ’पांग, या’तना तथा यौ’न हिं’साको सि’कार भएका १५ जनाले आफूमाथि भएको घटनाको सार्वजनिक अभिलेख गराएका थिए । ‘घट’ना याद गर्ने र प्रमाण जोगाइराख्ने हाम्रो स्मरणशक्तिको सीमा छ,’ सत्यको बयान अभियानका आयोजक साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले भने, ‘राज्यले यसमाथि चासो नदिएपछि हाम्रा पी’डाको अभिलेख राख्न आफैं अघि सरेका हौं । पी’डित बितेर गए पनि उनीहरूले पाएको दु:खको प्रमाण राख्नु जरुरी छ ।’

नेपाली सेनाले भने कुकुरद्वारा ब’लात्’कार गराइएको घटनाबारे जानकारी नभएको उल्लेख गर्दै पीडितले भनेअनुसारै भएको हो रहेछ भने छानबिन गर्न तयार रहेको प्रतिक्रिया दिएको छ । ‘यस्तो खालको घटनाबारे सेनामा कहीँकतै उजुरी परेको छैन,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘पीडितले भनेअनुसार भएको हो भने हामी छानबिन गर्न तयार छौं । सेना यस्ता घट’नाको वि’रुद्धमा छ ।’ नेपाली सेना जनताले तिरेको करबाटै चल्ने भएकाले पी’डितले निर्धक्कसँग उजुरी दिन सक्ने उनले बताए ।
कान्तिपुर दैनिकमा घनश्याम खडकाले लेखेकाछन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार