logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भिमदत्त नपामा हिसाब माग्दै ३ दिने अल्टिमेट यस्तो छ ज्ञापनपत्र


  • राजनीति
  • शुक्रबार, असोज ३० २०७७

भिमदत्त नगरपालि वडा न.०९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोसि लाई ३ दिने अल्टिमेट ०९ बुदे ज्ञापनपत्र बुझाएका छन । यो भन्दा पहिला पनि २०७७/०६/२५ गतेका दिन ज्ञापनपत्र बुझाएका थिए तर बिडम्वना राजनीतिक आडमा जनताका जायज मागहरुप्रति वडा प्रतिनिधिले ठूलो षड्यन्त्रकारी भुमिका खेलेर ज्ञापनपत्र फिर्ता गराएका थिए तर जस्तोसुकै षड्यन्त्रकारि भुमिका निर्वाह गरे पनि हामी स्थानीयबासिहरुका जायजहरु प्रति जुनसुकै खाले षड्यन्त्र रचेपनि डटेर सामना समाजसेवी दिपेन्द्र ऐरीले बताएका छन

मागहरू वडाभित्रका सम्पूर्ण सडक स्तरोन्नती हुनुपर्ने, वडा भित्रका सबै सडकमा ग्राभिलिङ्ग हाल्नुपर्ने, कालोपत्रे गरिनुपर्ने,

ग्राभिलिङ्ग भएका सडकमा बिहान ८ बजेदेखि ४ बजेसम्म अनिवार्य पानी छर्किनुपर्ने, सडक छेउमा रहेका घाँसपतिङगर डेढडेढ महिनामा सफाई गरिनुपर्ने,हरेक टोलको खेलकुद विकासमा ध्यान दिनुपर्ने,सडक क्षेत्रमा उज्यालोका लागि विद्युत जडान गरिनुपर्ने,सरकारी सवारी साधनको सदुपयोग गरिनुपर्ने,

वडा भित्रका सार्वजनिक स्थल, खानेपानी मन्दिर, झिलमिला धार्मिक क्षेत्रमा ६÷६ महिनामा सार्वजनिक सुनुवाई गरिनुपर्ने, अवैध रुपमा बिक्रि वितरण भईरहेको मदिरा बन्द गरिनुपर्ने,

झण्डै सयौँ स्थानीयले हस्ताक्षर गरेको ज्ञापन पत्रमा विश्व महामारीको रुपमा फैलिएको कोडिभ १९ कोरोनाको नाममा आएको बजेट र सरसफाई समाग्रीको आयव्यय सार्वजनीक सुनुवाई गर्नुपर्ने माग अघि सारेका छन् ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार