राजनीति
नेपाल बन्दको आह्वान गरेको नेकपा (बहुमत पक्ष)ले एकाबिहानै भएका तोडफोड र आगजनीका घटनामा घुसपैठ भएको बताएको छ ।
बन्दका कारण देशैभरको जनजीवन प्रभावित छ । काठमाडौँ उपत्यकामा बिहानै ट्याक्सी जलाइएको छ । नेतृ अष्टलक्ष्मी शाक्यसहित सय जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । बन्दका दिन भएका तोडफोडका घटनामा सरकारले नै घुसपैठ गराएको नेकपा नेतृ पम्फा भुसालले बताइन ।
सरकारले हिजोदेखि नै नेकपाको नाममा कुनै बन्द नरहेको भन्दै भ्रम छरेको र बिहानैदेखि शान्तिपूर्ण भेला भएका आफ्ना नेता कार्यकर्ता धरपकड गरेको भन्दै भुसालले बन्दका क्रममा भएका अवान्छनीय घटनाको जिम्मेवार सरकार रहेको उल्लेख गरिन ।
यता बन्दका क्रममा गंगवुमा भएको आगजनीमा ओलीका कार्यकर्ता संगलग्न रहेकाे बताइएकाे छ। चावहिलतिर जानुछ भनेर ट्याक्सि चढेका आगजनीकर्ताले एकछिन मै ट्याक्सिमा आगाे लगाएका थिए ।