राजनीति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कांग्रेसलाई पनि समाजवादी माेर्चामा ल्याउनुपर्ने धारणा राखेका छन्मा । चन्दले समाजवादी माेर्चा सरकार मा जानकाे लागि नबनेको पनि बताएका छन् ।
सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरूले भाग लिएको बताए ।
शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिस्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्तासमेत औंल्याए ।
महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे । महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।