logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

जुगल हिमाल आरोहणमा गएको नेकपा सहित मन्त्रीको टोली अलपत्र हेलिकप्टरवाट गरियो उद्दार


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल हिमाल आरोहणमा गएको आरोहण टोली बीच बाटोमै अलपत्र परेको छ ।

लगातारको वर्षाले भारी हिमपात भएपछि आरोहण टोली चार हजार ७२४ मिटर उचाइको बेसक्याम्पमै अलपत्र परेको हो ।

आइतबार आरोहण टोलीका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराएपछि सोमबार सिम्रिक एअरको हेलिकप्टरले खाद्यान्न पुर्‍याएको र सोही हेलिकोप्टरमा अस्वस्थ भएका नेता सापकोटा राजधानी फर्किएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

आरोहण दलका अर्का सदस्य सुभाष कर्माचार्य भने स्वास्थ्यमा समस्या आएपछि यसअघि नै फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार