logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्ने क्रममा दुई भारतीयको ज्यान गयो


  • राजनीति
  • बिहिबार, जेष्ठ २ २०७६

दुई भारतीय नागरिककाे विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्ने क्रममा ज्यान गएको छ भने अन्य एकजना आरोही सम्पर्कविहीन भएका छन् ।

ज्यान गुमाउनेमा पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्य नाम गरेका दुई आरोहीहरु रहेको पुष्टि भएको छ ।

बुधबार ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा मुख्य शिविरमा पुगेर फर्कने क्रममा वैद्यको चौथो शिविरमाथिको क्षेत्रमा ज्यान गएको हो । त्यसैगरी कार्नारको आरोहणकै क्रममा ज्यान गएको आरोहणको जिम्मा लिएको ‘पिक प्रमोशन कम्पनी’ का प्रबन्ध निर्देशक केशव पौडेलले उज्यालोलाई बताउनुभयो ।

त्यसैगरी आरोहण गर्ने क्रममा चिप्लिएर सम्पर्कविहीन भएका एकजनाको खोजी कार्य भैरहेको छ ।

ज्यान गुमाउनेहरुको शव उद्धारको प्रयास भैरहेको छ । पर्वतारोहण मौसमको समयमा सयौँको संख्यामा पर्वतारोहीहरु हिमाल आरोहण गर्न आउने गर्दछन् ।

कञ्चनजङ्घालाई विश्वको अति जोखिमपूर्ण हिमालको रुपमा लिइन्छ । मौसमको केही फेरबदल हुँदा पनि यहाँ जोखिम बढ्ने गर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार