बलात्कार र महिलामाथिका हिंसा बढिरहेका बेला यो प्रश्न समाजशास्त्रीय कोणबाट पनि उठ्न थालेको छ । समाजशास्त्री निर्मला ढकालले यही प्रश्न उठाएकी छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र अध्यापन गराउने ढकालले आफ्नो एमफिलको अध्ययन पनि यसै विषयमा गरेकी छन् ।
क्याजुअल सेक्स भन्ने शब्द अहिले निकै चर्चामा छ । कतिपयले फ्रेण्डस वीथ बेनेफिट पनि भन्दा रहेछन् । यो एक प्रकारको सहमतिमा हुने अनौपचारिक सेक्स सम्बन्ध हो । सहमतिमा यौन सम्बन्ध राख्ने तर वैधानिक चाहिँ होइन ।
हाम्रो सामाजिक संरचना परिवर्तन हुँदैछ, सामाजिक सन्बन्धहरु फेरिँदैछन् । त्यसैले घटनाहरु बाहिर आउन थालेका छन् । समाज परिवर्तन र सामाजिक सन्बन्ध फेरिने स्टेजमा यस्त घटनाहरु बढी नै आउँछन्
जस्तो कि श्रीमान बाहिर गएको छ लामो समय उतै बस्छ । श्रीमानले उता आफ्नो व्यवस्था गर्छ भने श्रीमतीले केही समयको लागि सेक्स डिजायर पूरा गर्नका लागि पारिवारिक ब्याकग्राण्ड नबिगारी कोहीसँग क्याजुअल सेक्स सम्बन्धमा रहन्छन् ।
त्यसलाई हाम्रो समाजले कसरी हेर्ने ? समाजले कति स्वीकार गर्छ ? हाम्रोमा महिलाले सेक्स पार्टनर राख्ने कुरा त स्वीकार छैन । विवाहोत्तर सम्बन्ध पनि पुरुषले राखे माफी दिने तर महिलाले राखे चरित्रसँग जोडेर बाँच्नै नदिने अवस्था छ । कतिपय कुराहरु धेरै लुकाउँदा पनि त्यसले अपराध ल्याइरहेको छ कि ? यो कोणबाट बहस गर्नुपर्छ ।
त्यो त एक प्रकारले लिभिङ टुगेदर भयो, यसमा पनि महिलानै हिंसामा परे भनेर आइरहेको छ नि ?
त्यति त महिला नै यसमा पीडित भए । ममाथि यस्तो दुव्र्यवहार भयो भन्दा उल्टै लान्छित हुनुपर्छ । उनीहरुको घरमै प्रश्न उठ्छ । बीचको लेभलका घटना त आउन बाँकी नै छ ।
क्याजुअल सेक्स भन्ने शब्द अहिले निकै चर्चामा छ । कतिपयले फ्रेण्डस वीथ बेनेफिट पनि भन्दा रहेछन् । यो एक प्रकारको सहमतिमा हुने अनौपचारिक सेक्स सम्बन्ध हो । सहमतिमा यौन सम्बन्ध राख्ने तर वैधानिक चाहिँ होइन
मन मिल्ने साथीहरुसँग सेक्स गर्ने अवस्था छ भने अपराध हुन्न । कुण्ठित भएको व्यक्तिले यौन दुव्र्यवहार गर्छ । यस्तो कुण्ठा त महिलामा पनि छ । कुनै न कुनै रुपमा महिलाले सेक्स डिजायर पूरा गर्न पुरुषमाथि पनि एसल्ट भएका होलान् । हाम्रोमा त्यस्ता कुरा त बाहिर आउँदैनन् ।
हाम्रोमा मिडल क्लास र हाइक्लास, महिलाले पुरुषमाथि भएका घटना त आउनै बाँकी छन् । समाज त्यो स्टेजमा पुगेको छैन । मिडियाका कराण सोसाइटी चाँडै त्यो स्टेजमा पुग्छ । अहिले मिटु ह्यासट्याग अभियान नेपालमा पनि आइपुगेको छ, कतिपय घटना बाहिर आउलान् पनि ।
बाहिर त अहिले पनि कुरा नमिलेपछि आउने त हुन् नि ?
एउटा मान्छेले पैसा तिरेर रिलेसन राख्छ भने गुपचुप हुन्छ । बाहिर आउने पनि पैसा तिर्न नसक्नेकै हुन् । महिलाले पुरुष हायर गर्ने गरेको पनि स्टडी रिपोर्ट मैले हेर्दै थिएँ । समाजका प्रतिष्ठित महिलाले पनि सेक्स डिजायर पूरा गर्न पुरुषलाई भाडामा लिने गरेको सुनिन्छ ।
घटना त बाहिर आएपछि नै थाहा हुने हुन् । तर, अहिलेसम्म मध्यमवर्ग र उच्च वर्गभित्रका यौन हिंसा र बलात्कारका घटना कि त पैसाको बलमा दबाइएका छन् कि त प्रतिष्ठाका कारण लुकाइएका छन् । मलाई लाग्छ, विश्वव्यापी ट्रेण्डबाट नेपाल अछुतो हुन सक्दैन ।
धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छन् ।
लेखक समाजशास्त्री हुन
अन्लाईन खबर बाट