logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

यु–१५ नेपाली महिला फुटवल : भुटानको पोष्टमा नेपालको ६ गोल


  • रासस
  • सोमबार, पुष ७ २०७६

नेपाली राष्ट्रिय पन्ध्र वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भूटानको यु –१५ महिला टोलीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन् । उनले १२, ४८ र ५४ औँ मिनेटमा तीन गोल गरिन ।

यस्तै कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल थपिन । प्रितिले खेलको ४४, ८९औँ मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौ मिनेटमा गोल गरिन ।

भूटानकी कप्तान डिकी लाजोमले खेलको १४औँ मिनेटमा एक गोल फर्काएकी थिइन् । अव नेपालले बुधबार भूटानसँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार