पोखरा- तीन बर्षको अन्तरकाल पछी फेरी भ्याली स्पोर्ट क्लव रामबजार १०/१५ ले तेस्रो ” अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल” प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
आज बिहिबार पोखरा रामबजारमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी क्लवले आगामी पुष २९ देखी माघ ४ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पोखरा १५ स्थित रेम्वो एकेडेमी होम्सको खेल मैदानमा ५ दिन सम्म चल्ने मुल आयोजक समितिका सयोजक विश्व तण्डुकारले बताए ।
उक्त पाच दिने खेलमा बिदेशी दुई टोली आयोजक दुई टोली र स्थानीय उतकृष्ट क्लवहरु बाट २० टोली गरी जम्मा २४ टोली सहभागी हुने क्लवका सचिव प्रितम गुरुङले बताए।
क्लवका सल्लाहकार एव समाजसेवी महेश गुरुङले उक्त खेलमा १० लाख आम्दानी गर्ने र ६ लाख खर्च गरी ४ लाख बचत गरी १२ वर्ष मुनिका खेलाडीहरु जम्मा गरी फुटबल एकडेमी संचालन गर्ने तयारी रहेको बताए।
खेलमा बिजेता टोलीले एक लाख पचास हजार रकम सहित शिल्ड मेडल प्रमाण पत्र र दोस्रोले ७५ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन। यसै गरी उत्कृष्ट खेलाडीलाई १२ हजार , सार्वाधिक गोल कर्ताले ७ हजार प्राप्त गर्ने छन। खेलमा सहभागी हुने टोलीले दर्ता स्वरुप ८ हजार रुपैया तिर्नु पर्नेछ ।