पोखरा – बिहीबारदेखि शुरु हुने १८ औं सस्करणको आहा रारा गोल्डकपको तयारी पुरा भएको आयोजक सहारा क्लबले जनाएको छ
मंगलबार पत्रकार सम्मेलन गरेर उद्घाटन खेलमा घरेलु क्लब सहाराले बिग्रेड ब्वाईज क्लब खेल्ने सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिएको छ ।
उद्घाटनको विजेताले नेपाल पुलिस क्लबसँग २४ गते प्रतिस्पर्धा गर्ने छ । दोस्रो दिन विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफरले झापा ११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने खेल तालिका सार्वजनीक गरेको छ । फागुन २६ गते गान्तोक सिटी क्लब भारतले थ्रीस्टार क्लबसँग खेल्ने छ । यसको विजेताले २५ गते मनाङ मस्यार्ङदीको सगँको भेट पक्का गर्ने छ ।
त्यसै गरी संकटा क्लब र त्रिभुवन आर्मी क्लब सगँ २७ गते खेल्ने छन् । २८ र २९ गते सेमिफाइनका खेल हुने छन् । फागुन २२ गतेदेखि शुरु हुने प्रतियोगितामा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सिट तयार भईसक्ने छ । क्लबले यो वर्ष पुरस्कार राशी पनि बृद्धि गरेको छ । विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर प्रदान गरिने छ । पत्रकार सम्मेलनमै सहारा युकेले बेष्ट फाईभलाई प्रदान गरिने ट्रफी यसअघि नै हस्तान्तरण गरिसकेको छ ।
हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपलाई विभिन्न संघसंस्थाले सहप्रायोजन तथा उपप्रायोजन एवं प्रायोजन गर्दै आएका छन् । एक करोड १८ लाख रुपैयाँ कमाई गर्ने लक्ष्य समेत क्लबले लिएको छ । रकम बचत गर्दै पोखरा–१७ दोविल्लामा स्थापित सहारा एकेडेमीमा आश्रित २४ जना बालको लालनपालन, पोषणसँगै शिक्षादिक्षामा क्लबले खर्च गर्दै आएको छ । सहारा एकेडेमी बालकहरुका लािग लुम्बिनी विकास बैंकका तर्फबाट पुर्व अध्यक्ष शुशिलराज पराजुलीले दुईलाख २० हजार ८ सय रुपैयाँ हस्तान्तरण गरेका छन् ।