logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल स्पेन ३–३ को बराबरीमा


  • राजनीति
  • शनिबार, असार २ २०७५

रूस विश्वकपमा क्रिष्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ।

शुक्रबार राति रूसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा सम्पन्न खेलमा पोर्चुगलका रोनाल्डोले खेलको ४, ४४ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

यता स्पेनका लागि डियागो कोस्टाले खेलको २४ र ५५ तथा ५८ औं मिनेटमा नाचोले गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो। रोनाल्डोलाई स्पेनका न्याचोले डि-एरियाभित्र फउल हानेपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।

खेलको २४ औं मिनेटमा गोल गर्दै डिएगो कोष्टाले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गर्दै पुनः खेलमा अग्रता लिए। उनले पहिलो हाफको ४४ औं मिनेटमा उतकृष्ट गोल गरेका हुन्। स्पेनका किपर डि जियाको गल्तीमा रोनाल्डो दोस्रो गोल गर्ने अवसर पाएका थिए।

पहिलो हाफमा २-१ ले पछि परेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। क्रस मार्फद आएको बललाई सटिक तरिकाले पोष्टको दिशा दिएपछि खेल बराबरीमा आएको थियो।

त्यसको तीन मिनेट पछि नाचोले गोल गर्दै खेलमा स्पेनले अग्रता लियो।

तर निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा पोर्चुगलका रोनाल्डोले फ्रिकिक मार्फद सानदार गोल गरेपछि स्पेनलाई बराबरीमा रोक्न सफल भयो। योसँगै रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरे।

बराबरीपछि दुवै टोलीले एक–एक अंक बाडेका छन्। आजको खेलमा ह्याट्रिक गर्ने रोनाल्डो यो विश्वकपको पहिलो ह्याट्रिक कर्तासमेत बनेका छन्।

स्पेन र पोर्चुगलले अंक बाँडेपछि यो समूहमा तीन अंकसहित इरान शीर्ष स्थानमा रहेको छ । पराजित भएको मोरक्को भने अंकबिहीन रहँदै पुच्छरमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार