राजनीति
उरूग्वेले रूसमा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ को दोस्रो खेलमा इजिप्टलाई १-० गोल अन्तरले हराएको छ।
खेलको ८९ मिनेटमा उरूग्वेको जितमा जोसे मारिया जिमिनेजले निर्णायक गोल गरे।
त्यसअघि उरूग्वेका लुइस सुअारेज र इडिसन काभानी गोल गर्ने केही राम्रा मौका खेर फालेका थिए। खेलको २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकैबाट गरेको कडा प्रहार गोलपोष्ट बाहिर गएको थियो।
समूह ‘ए’मा रहेको उरूग्वेले यो जितसँगै विश्वकपमा विजयी सुरूवात गरेको छ।
चार राष्ट्र सम्मिलित समूह एमा उरूग्वे दोस्रो स्थानमा उक्लिएको छ। यसअघि बिहिबार साउदीलाई हराएको घरेलु टोली रसिया गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ।